काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई अस्पताल पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी छिन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका वैद्यलाई भेटेर राज्यमन्त्री यादवले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी हुन् ।
मंगलबार बिहान वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको यादवको सचिवालयले जनाएको छ। राज्यमन्त्री यादवले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्न समेत आग्रह गरिन ।

















