काठमाडौं । बोक्सीको आरोप लगाउँदै महोत्तरीमा महिलालाई मलमूत्र खुवाएको आरोपमा चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगाका रगेश्वर महतोकी श्रीमती ६५ वर्षीया प्रमिलादेवी महतो, छोरा ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी श्रीमती ३२ वर्षीया पुरनी देवी महतो, रगेश्वरकै अर्का २० वर्षीय छोरा अनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी रञ्जन मिश्रले जानकारी दिए।
असोज २७ गते बिहान ३ बजे सुगा गाउँस्थित सडकमा शम्भु महतोको श्रीमती ४२ वर्षीया सुकमरिया देवी घुमफिर गरिरहेको अवस्थामा सिकिन्दरका परिवारजनले बोक्सीको आरोपमा कुटपिट गरी मलमूत्र खुवाएका थिए भने कपालसमेत काटेका थिए।

















