Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउनमा नेपाली तरकारी भने बारीमै सडिए, भारतबाट चार अर्बको तरकारी आयात


काठमाडौं  , बैशाख २४ गते । नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमा सुकिरहेको छ, सडिरहेको छ । तर, भारतबाट निर्वाध आएको तरकारी सीधै भान्सामा पुगिरहेको छ । नेपाली किसानको उत्पादन उठाउन नमान्ने बिचौलिया व्यापारीले फोनकै भरमा भारतबाट तरकारी मगाएर नाफा कमाइरहेका छन् । नेपाली किसानको पसिना खेतमै सुक्दा सरकार मूकदर्शक छ । कडाउनका कारण सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको छ । यस्तो अवस्थामा मुलुकभित्रै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो ।

सामान्य अवस्थामा हुने तरकारी खपतमा स्वदेशी र आयातीत तरकारीको हिस्सा आधा–आधा हुन्छ । तर, अहिले तरकारीको उपभोग घटे पनि आयात घटेको छैन, मागको सबैजसो हिस्सा आयातीत तरकारीले कब्जा गरेपछि स्वदेशी किसान आफ्नै तरकारीबारीमा डोजर चलाउन बाध्य बनेका छन् । नेपाली तरकारी बजारको आधा तरकारी भारतबाट मात्र आउने गर्छ । गत फागुनमा मात्र पनि कुल खपतको ४८.२७ प्रतिशत तरकारी भारतबाट आयात भएको थियो । लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् । चैतको तथ्यांक आधार मान्दा नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ । त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए । तरकारी अत्यावश्यक वस्तु भएकाले आयात निर्वाध रूपमा भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ । चालू आर्थिक वर्षको नौ महिनामा अर्थात् चैत मसान्तसम्म मुलुकमा कुल २३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ ।

त्यसअघि फागुनसम्ममा २० अर्ब ५८ करोड १३ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार आलु र प्याजमा मुलुक परनिर्भर छ । अहिले पनि सहरी मागको ९५ प्रतिशतभन्दा बढी आलु र प्याज भारतबाट आयात भइरहेको छ । ३ देखि ५ प्रतिशत प्याज चीनबाट र सोही परिमाणको आलु भुटानबाट आयात हुने गरेको छ ।सामान्य अवस्थामा देशभर दैनिक करिब १७ सय मेट्रिक टन तरकारी आयात हुने गरेको छ ।

त्यसमध्ये आलु, प्याज मात्र एक हजार मेट्रिक टन आयात हुन्छ । भन्सार विभागको तथ्यांकले लकडाउनपछि तरकारीको आयात सामान्य मात्र घटेको देखाउँछ । ११ चैतमा लकडाउन सुरु भएयता २० वैशाखसम्म ५३ हजार पाँच सय ६९ मेट्रिक टन तरकारी आयात भएको छ । यो हिसाबले अहिले पनि दैनिक औसत एक हजार तीन सय ४० मेट्रिक टन तरकारी आयात भइरहेको छ । ‘अहिले आयातीत तरकारीमध्ये आलु, प्याज ६ सय ५० टनजति, बाँकी गोलभेँडा, कागती, भिन्डी, परवल, करेला, खुर्सानी, काँक्रो लगायत का ताजा तरकारी आइरहेको छ,’ घिमिरेले भने ।

बजारमा अहिले कुनै पनि तरकारीको अभाव छैन, उपभोक्ताले खोजेजस्तो सबै तरकारी उपलब्ध भइरहेको पनि घिमिरेले बताए । काठमाडौंमा मात्र दैनिक एक सय ५० टन प्याज र दुई सय टन आलुका खपत भइरहेको उनले बताए । व्यापारीहरूले नेपाली किसानको उत्पादन किन्नुभन्दा भारतबाट आयात गर्नु सजिलो मान्ने गरेका छन् । काठमाडौंलगायत सहरी क्षेत्रका उपभोक्ताकहाँ पुग्ने तरकारी संकलनका लागि व्यवसायीले निश्चित ‘च्यानल’ प्रयोग गर्छन् । पहिले नै तय भएका ‘च्यानल’ भत्किएका छन् भने नयाँ ‘च्यानल’ बनेका छैनन् ।त्यसैले विभिन्न जिल्लामा उत्पादित तरकारी बजारसम्म आउन सकेको छैन ।

चितवनको किसानले उत्पादन गर्ने तरकारी भरतपुरको तरकारी तथा फलफूल बजारमा जान्छ । अहिले सो बजार बन्द छ, तर त्यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी काठमाडौं ल्याउन कुनै पहल भएको छैन ।‘भारतमा तरकारी ल्याउन अवरोध छैन ।त्यसैले पहिलेदेखि उताबाट ल्याउने व्यवसायीले ल्याइरहेका छन् । तर, स्वदेशका तरकारी संकलन केन्द्र बन्द भएका छन्, त्यसैले किसानको तरकारी उठेको छैन,’ एक व्यवसायीले भने, ‘नेपालका किसानलाई छुट्टाछुट्टै सम्पर्क गरेर तरकारी संकलन गर्नुभन्दा भारतमा बनिबनाउ च्यानलमा फोन गरेर तरकारी मगाउन सजिलो छ ।’

व्यापारीले स्वाभाविक रूपमा नाफा हेर्ने भएकाले नेपाली किसानको तरकारी संकलनबारे सरकारले नीति बनाउनुपर्ने उनको भनाइ छ । ‘किसानलाई कसरी राहत दिने भनेर व्यापारीले सोच्ने होइन, सरकारले सोच्ने हो । सरकारले बजार व्यवस्थित गरेमा किसानको तरकारी आफ्नै च्यानलबाट बिक्री हुन्छ,’ अर्का व्यापारी भन्छन् । आयातीत तरकारी ल्याउन पहिलेदेखि नै जनशक्ति, ट्रक, बजारलगायतका पूर्वाधारमा ठूलो लगानी भएकाले नियमित रूपमा आयात गर्नुको विकल्प नभएको व्यवसायीहरूको भनाइ छ । राजधानीको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले थोक मात्र कारोबार भइरहेको छ ।

भिडभाड कम गर्न महानगरपालिकासँगको समन्वयमा खुद्राको पसल अन्यत्र सारिएको छ । यसले आपूर्तिमा झन् समस्या भएको व्यवसायीको भनाइ छ । कालिमाटीका थोक तरकारी व्यवसायी प्रकाश गजुरेलले अन्यत्र खुद्रा बजार हुँदा कहाँबाट कसरी तरकारी आइरहेको छ भन्ने यकिन हुनै नसकेको बताए । ‘कालिमाटीबाहिरका विभिन्न ११ ठाउँमा खुद्रा बजार लगाइएको छ । त्यहाँ कहाँ–कहाँबाट कति तरकारी कसरी आइरहेको छ भन्ने थाहै हुँदैन,’ गजुरेलले भने ।लकडाउन भएयताका ४२ दिनमा नेपालगन्ज नाकाबाट पाँच करोड दुई लाखको भारतीय तरकारी नेपाल भित्रिएको छ ।

तर, नेपालगन्जआसपासकै गाउँका किसान आफ्नो बारीमा उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन नसकेर नष्ट गर्न बाध्य छन् ।खजुरा गाउँपालिका–२ सी–गाउँका किसान गेनालाल मुराऊले १० हेक्टरमा रोपेको गोलभेँडा गाईबस्तुलाई खुवाएका छन् ।‘लकडाउनले बजार लैजान सक्ने अवस्था भएन । घरमा खरिद गर्न आउँदा भिडभाड लाग्ने भएकाले गोलभेँडा रोपेको बारीमा गाईगोरु र भैँसी चरायौँ,’ उनले बाध्यता सुनाए । गत वर्ष यही सिजनमा उनको बारीमा प्रतिदिन ४० क्विन्टल गोलभेँडा उत्पादन हुन्थ्यो, प्रतिकिलो पाँच रुपैयाँमा बिक्री गरेर पनि नाफा कमाएका थिए ।

तर, यस वर्ष गोलभेँडा बजारमा पठाउने समयमा लकडाउन सुरु भयो । खजुरा गाउँपालिका–८ ए–गाउँका खगेन्द्र बुढाक्षेत्रीले पनि चार कट्ठा जग्गामा लगाएको गोलभेँडा बजारमा पुर्‍याउन नसक्दा कुहिन थालेको बताए । नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुर का मुनिर अहमद राहिनले एक बिघा बारीमा लगाएको बन्दागोभी कुहिएर नष्ट भएको छ । ‘करिब पाँच सय क्विन्टल बन्दागोभीमध्ये ८० प्रतिशत कुहिएर नष्ट भइसक्यो,’ उनले दुःखेसो पोखे । बन्दा तरकारीसँगै चाउमिन, मःम, पकौडामा बढी खपत हुने गरेको छ । होटेल, रेस्टरेन्ट, बार, कटेज र खाजापसल बन्द भएकाले बिक्री नभएको उनले बताए ।

नेपालगन्ज भन्सार कार्यालयका आइटी अफिसर पवन थापाका अनुसार लकडाउनयता १९ लाख ६४ हजार एक सय २५ किलो विभिन्न जातका भारतीय तरकारी भित्रिएको छ । ‘अघिल्ला महिनाभन्दा तरकारी आयातमा थोरै कमी आए पनि निर्वाध रूपमा आयात भइरहेको छ, दैनिक कम्तीमा पाँच ट्रक तरकारी र फलफूल आउँछन्,’ उनले भने । झापा शिवसताक्षी–६ का दीपक मण्डलले माई नदीको बगर क्षेत्रमा पाँच बिघा जग्गा भाडामा लिएर काँक्रा र खरबुजा लगाएका थिए । उत्पादन भएर बजार पठाउने वेला लकडाउन भयो, खरबुजा कुहिएर सकियो, काँक्रो बगरमा सुकिरहेको छ ।

बिघाको १० हजार भाडा तिरेर खेती गरेका मण्डलले उत्पादन हुँदासम्म करिब सात लाख लगानी गरेका थिए । ‘लकडाउनले त गर्नु गर्‍यो । साहुले लकडाउन भनेर छाड्दैन । अहिले त लकडाउन भए पनि तरकारी लान त पाइन्थ्यो । तर, हाम्रो कुहिने वेलासम्म त बारीमा जाँदा पनि पुलिसले लखेट्थ्यो,’ उनले भने, ‘यसपटक नराम्रोसँग घाटा लाग्यो । ऋण पो कसरी तिर्ने ?’ गौरीगन्ज–१ स्थित माई खोलाकै बगरमा खरबुजा, काँक्रो र फर्सी लगाएका मोरङका कृषक मुन्ना चौधरी पनि उस्तै तनावमा छन् । करिब पाँच लाख खर्च गरेर तीन बिघामा उनले खेती गरेका थिए ।

‘खरबुजा पाक्न थालेपछि लकडाउन सुरु भयो । विषादी लगाएर भए पनि केही दिन त थमायौँ । तर, लकडाउन नखुलेपछि वैशाख पहिलो हप्तासम्म त सबै खरबुजा कुहियो,’ उनले भने । चौधरी पाँच महिना बगरमै टहरा बनाएर बसे, अहिले बगरमै छन् । खर बुजा कुहियो । तर, लकडाउनले उनी घर जान सकेका छैनन् ।‘अहिले पो लकडाउनले यहाँ छु । घरमा गएपछि त साहुले छाड्दैन,’ उनले पीडा सुनाए, ‘हाम्रो त पेसै यही हो, अब एक वर्ष कसरी घर चलाउने ? ऋण कसरी तिर्ने ?सोच्नै सकेको छैन ।’त्यस्तै, भद्रपुर–६ का सन्तोष राईले १० कट्ठा क्षेत्रफलमा भुइँकटहर लगाएका थिए ।

बैंकबाट ऋण लिएर गरेको खेती उठाउनै पाएनन् । लकडाउन सुरु हुन लाग्दा भुँइकटहर काठमाडौं लाने तयारी भइरहेको थियो, तर लकडाउनले रोक्यो । त्यसपछि लगातार पानी पर्दा बारीमै भुँइकटहर कुहिएको राईले बताए । ‘ऋण गरेर गरेको लगानी डुब्यो, कृषि पेसा नै गरेर कसरी ऋणबाट उस्किने ?’ उनले भने । गौरादहस्थित महारानी झोडामा एक सय दुई किसानले अर्गानिक खेती गर्छन् । उनीहरूले हिउँदे तरकारी बेचिसकेपछि लकडाउन सुरु भयो । तर, बर्खे तरकारी लगाउन उनीहरूलाई समस्या भएको छ ।

‘लहरे खेती यतिवेला उत्पादन हुनुपर्थ्यो, तर हामीले १५ जेठ मा हुने गरी लगाएका छौँ । मौसम प्रतिकूल छ, उत्पादन त घट्ने नै भयो । लकडाउनले त कृषकलाई रुनु न हाँस्नु बनाएको छ,’ महारानी झोडा अर्गानिक कृषि समूहका अध्यक्ष बाबुराम दाहालले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh