Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तराईदेखि हिमालसम्मका निकुञ्ज र संरक्षण क्षेत्रमा तस्करहरु वन्यजन्तु सिकार गरिरहेका बेला विभाग नेतृत्वविहीन

जन प्रभाब / २०७७ बैशाख २२ गते ।

काठमाडौँ । वन्यजन्तु संरक्षणमा कठिनाइ भइरहेका बेला निकुञ्जहरुको व्यवस्थापन गर्ने मुख्य निकाय राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग महानिर्देशकविहीन बन्न पुगेको छ । निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र गरी देशभरका २० वटा संरक्षण क्षेत्र (कूल भुभागको २३.३९ प्रतिशत) को व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको विभाग गोपालप्रकाश भट्टराईले महानिर्देशकबाट अनिवार्य अवकाश पाएपछि रिक्त बनेको हो ।

महानिर्देशकका लागि वन तथा वातावरण मन्त्रालयमा प्रतिस्पर्धी प्रशस्तै सहसचिवहरु भए पनि मन्त्री शक्तिबहादुर बस्नेतले निर्णय गर्नेतिर ध्यान दिएका छैनन् । स्रोतका अनुसार महानिर्देशकका लागि मन्त्रालयका सहसचिवहरु सिन्धुप्रसाद ढुंगाना, महेश्वर ढकाल र यज्ञनाथ दाहाललगायतले चासो दिएका छन् । मन्त्री बस्नेतले भने राम्रा मान्छेको खोजीमा रहेको बताउने गरेका छन् ।
वन मन्त्रालय स्रोतले प्रतिस्पर्धी धेरै भएकाले महानिर्देशक चयनमा मन्त्री अलमिलएको बतायो । मन्त्री बस्नेतले भने केही दिनमा महानिर्देशकको निर्णय गर्ने कान्तिपुरलाई प्रतिक्रिया दिए । मन्त्री बस्नेतले त्यसो भने पनि उनी यस्ता निर्णयमा जहिल्यै अलमलिने गरेको देखिन्छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मा सदस्य सचिव रिक्त भएको करिब डेढ वर्ष बिते पनि उनले अझै कसैलाई नियुक्त गरेका छैनन् । उनले मन्त्रालयको जैविक विविधता तथा वातवारण महाशाखा प्रमुख सहसचिव यज्ञनाथ दाहाललाई नै सदस्य सचिवकोसमेत जिम्मेवारी दिएका छन् ।

लकडाउनको मौका छोपेर तराईदेखि हिमालसम्मका निकुञ्ज र संरक्षण क्षेत्रमा तस्करहरुले वन्यजन्तु सिकार गरिरहेका बेला विभाग नेतृत्वविहीन हुन नहुने जानकारहरुको विश्लेषण छ ।

‘सबैतिर चोरी निकासी र तस्करी बढिरहेका बेला विभागले सक्रियता देखाउनुपर्ने बेला हो,’ एक पूर्व महानिर्देशकले भने, ‘विभागको नेतृत्व खाली हुँदा त्यसको सन्देश पनि राम्रो जाँदैन ।’

लकडाउनकै बीचमा पर्सा निकुञ्जको महादेबखोला क्षेत्रमा सेना र तस्करबीच गोली हानाहान भयो भने चितवन निकुञ्जमा तस्करले तीन वटा वयस्क घडियाल गोही, बर्दियामा एक भाले हात्ती, सगरमाथा निकुञ्जमा पासोमा पारेर ६ वटा कस्तूरी मृग मारेका छन् । अन्य निकुञ्जहरुमा पनि साना ठूला चोरीका घटना भइरहेका छन् । यसबीचमा निकुञ्जले हतियार लिएर जंगल छिरेका धेरै व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

यतिबेला विभागमा उपमहानिर्देशक रामचन्द्र कँडेल वरिष्ठताका हिसाबले निमित्त महानिर्देशक छन् । कँडेलले निकुञ्जका प्रमुखहरुसंग भिडियो कल (जुम कल) मार्फत् कोअर्डिनेशन गरिरहेको बताए । ‘लकडाउनपछि वन्यजन्तुतिर धेरैले आँखा लगाएको घटनाक्रमले देखाउँछ,’ कँडेलले भने, ‘२४ घण्टा खटिनुपर्ने कर्मचारीलाई लकडाउनले समस्या सिर्जना गरेको छ, तैपनि जेनतेन काम चलाइरहेका छौं ।’

विभागमा कँडेल र युवराज रेग्मी गरी २ उपमहानिर्देशक छन् । रेग्मीले पनि जेठ पहिलो साता अनिवार्य अवकाश पाउँदैछन् । निकुञ्ज र आरक्षको संरक्षणमा करिब ९ हजारको संख्यामा नेपाली सेना खटिएका छन् । सेनाको वन्यजन्तु निर्देशनालयका प्रमुख शरद ढकाल भने केही दिनदेखि तराईका निकुञ्जहरुको अनुगमनमा निस्किएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh