Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लकडाउनका कारण छोरा आउन नपाएपछि : छाक टार्न गिट्टीको सहारा


जन प्रभाब / २०७७ बैशाख २० गते . जाजरकोट । उमेरले ७१ वर्ष नाँघेकी रुकुम पश्चिम आठबीसकोट नगरपालिका–११ की रामकुमारी पुन ‘लकडाउन’ कै बीचमा सडकमा छिन् । फुलेको कपालसँगै बुढ्यौली पनले चाउरी परेको शरीरलाई जबर्जस्ती दैनिक छाक टार्न रामकुमारी सडकको किनारामा रहेका गिट्टीसँग पौठेजोरी खोजिरहेकी छन् ।

उनका दुई भाइ र छोरा कमाइ गर्न भारतको गडुवालमा छन् । लकडाउनका कारण छोरा आउन नपाएपछि नाति र बुहारीका साथ उनी सडकमा गिट्टी कुट्न बाध्य भएकी हुन् । उनले भनिन्, ‘पेटले दुःख दिएको नानी ? भोको पेटमा बस्न सकिँदैन । बाँच्नका लागि बूढेसकालमा सडकमा छु । शुरुका दिनमा गाडी धेरै गुड्दा धुवाँले गिट्टी कुट्न समस्या थियो अहिले गाडी चल्दैनन् ढुक्कका साथ काम गर्न पाइएको छ ।’ आफ्नो बारीमा उत्पादन भएको अन्नले तीन महिना मात्र खाना पुग्ने बताउँदै पुनले वर्षेनी पेट पाल्नका लागि अर्काको कामदेखि गिट्टी कुट्ने गरेको बताइन । ‘गरिबीका कारण छोरा पढाउन सकिएन । अब नाति, नतिना पढाउने धोको छ’, उनले भनिन् ।

उनी जस्तै आधा घण्टाको दूरीमा जाजरकोट–डोल्पा सडकखण्डको रिटामा भेटिएकी पानसरी पुनले पनि एक हप्तादेखि सडकमै रहेको बताइन् । उनका श्रीमान् दुई वर्षअघि रोजगारीका सिलसिलामा भारत भएको समयमा जम्मु कास्मिरमा मृत्यु भएको थियो । तीन छोरा, छोरीकी आमासमेत रहेकी ३६ वर्षीय पानसरीको घरमा खानाका लागि अन्न नपाएपछि गिट्टी कुट्न आएकी हुन् । घरमा आर्थिक जोहो गर्न मुस्किल भएपछि विद्यालयमा पढ्दा पढ्दै पानसरीले आफ्नो जेठो छोरा कालीबहादुर पुनलाई १४ वर्षको उमेरमा भारतमा कमाइका लागि पठाएकी छन् । आफ्नो श्रीमान् खाने भूमिमा बाध्यताले छोरोलाई कमाइका लागि पठाएको उनको भनाइ छ ।

पानसरी हप्तामा दुई पटक छोरासँग फोनमा कुरा गर्छिन् । छोराको हालखबर अनि कमाइको बारेमा जानकारी लिने गरेको उनी बताउछिन् । उनी भन्छिन्, ‘आफ्नो छोराको उमेरमा सबै विद्यालय जान्छन् तर मेरो छोरा भारतमा कमाइ गर्न गएको छ ? मेरो मन रोएर आउँछ तर के गरौँ पापी पेटले गर्नुगरेको छ ।’ सडकमा काम गर्ने उनीहरु त प्रतिनिधिमूलक पात्र मात्र हुन् । अहिले लकडाउनको समयमा पनि जाजरकोट–डोल्पा सडकखण्डदेखि जाजरकोट सदरमुकाम हुँदै जुम्ला जोड्ने सडक अनि मध्यपहाडी लोकमार्गमा दर्जनाँै स्थानीयवासी गिट्टीको सहारामा बाँचिरहेका छन् ।

प्रतिबोरा रु ४० मा बिक्री हुने गरेको गिट्टी यहाँका अधिकांश निम्न वर्गका मानिसको जीवन जिउने आधारसमेत भएको छ । गाउँमा हुनेखानेको जमिनमा गहुँ पाकेको छ । कतै मकै रोप्ने तयारीसमेत भइरहेको छ । निम्न वर्गका मानिस उनीहरुकै जग्गामा मकै रोप्नेदेखि गहुँ काटेर भित्र्याउने काममा सहयोग गरिरहेको समेत पाइएको छ । मकै रोप्नका लागि गोरु नभएकाले साहुको काम गरेर कमाएको पैसाले दैनिक ज्यालामा गोरु किनेर मकै राप्ने काम समेत भएको नलगाड नगरपालिका–७ काँडादल्लीका प्रताप गिरीले बताए । प्रतिदिन गोरुको सहायताले जग्गा जोत्दा रु दुई हजार लिने भएकाले गोरु प्रयोग गरी मकै रोप्नसमेत समस्या भएको छ ।

मकैको बीउ स्थानीय सरकार तथा कृषि शाखाले उपलब्ध नगराउँदा कृषकहरु बीउको अभावमा समेत हैरान भएको गिरीले बताए । काम गर्नका लागि गाउँमा विकास निर्माणका कामहरु लकडाउनका कारण ठप्प भएपछि सबैभन्दा निम्न वर्गका मानिसमा समस्या परेको छ । उधारो खाद्यान्न साहुले नदिने भएकाले थप गरिब परिवारलाई खाद्यान्न जोहो गर्न मुस्किल भएको हो ।

खाद्यान्नको जोहो गर्नकै लागि पनि अर्काको जमिन जोत्ने कामदेखि गिट्टीको काम गर्नु रहर नभई बाध्यता भएको उनीहरुको तर्क छ । स्थानीय सरकारको उपलब्ध गराएको एक बोरा २५ केजीको चामल सकिएकाले थप खाद्यान्नका लागि सडकमै आएर मजदुरी गर्नुको विकल्प नभएको पीडित बताउँछन् ।

हुनेखानेहरु प्रत्येक छाकमा पौष्टिक तत्वसहितको खाना खान्छन् । यता गरिबीको रेखामुनि रहेका नागरिक भने सुक्खा रोटी पाउनसमेत मुस्किल भएको बताइरहेका छन् । आधा पेट खाएर पनि दैनिक गिट्टी कुट्नुपरेको उनीहरुको भनाइ छ । दैनिक सडकमा ५० भन्दा बढी सर्वसाधारण गिट्टी कुट्ने काममा लागिरहेको देख्न सकिन्छ । रासस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

6 months पहिले
दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ
आर्थिक

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

6 months पहिले
भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ
आर्थिक

भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ

11 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

11 months पहिले
विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर
आर्थिक

विश्वास बहुउदेश्यीय सहकारीका अध्यक्षसहित ७ जनाविरुद्ध ५ करोड ठगी आरोपमा मुद्दा दायर

11 months पहिले
एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
आर्थिक

एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल

11 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh