ब्राउन सुगर सहित २ जना पक्राउ


झापा । झापा अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनलाई पक्राउ गरिएको छ ।

हिजो दिउसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ बर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ बर्षीय बिबेक बानियाको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलि ग्राम र नगद रु. २० हजार बरामद भएको हो ।

प्रहरीले उनिहरुलाई अटो सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धान गरिरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ ।