कपिलवस्तु। कपिलवस्तुमा पेस्तोल र भरुवा बन्दुकसहित पाँचजना पक्राउ परेका छन् ।प्रहरीले कपिलवस्तु नगरपालिका–११ जहदीबाट युपि ५५ डब्लु ८३२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार मातेश्वर प्रसाद यादवलाई एक थान पेस्तोल सहित पक्राउ गरेको हो ।यादव यस अघि २०७५ असार १७ गते र २०७७ फागुन १७ गते पनि हात–हतियार सहित पक्राउ परेर छुटेका थिए ।
यस्तै बाणगंगा नगरपालिका–८ मोर्मीबाट ५१ वर्षीय टीकाराम थापा, २५ वर्षीय गुमबहादुर राना, वर्ष ४७ को मीनबहादुर सेन र ४१ वर्षीय गोपाल थापा पक्राउ परेका हुन् ।गोपाल थापा मगरको घरबाट फलाम जडित १ नाले भरुवा बन्दुक एक थान, टिकाबहादुर थापाको घरबाट २ थान भरुवा बन्दुक र गुनबहादुर रानाको घरबाट फलामले बनेको १ नाले भरुवा बन्दुक र बारुद राखेको २ वटा बट्टा, २९४ ग्राम बारुद र ६० थान छर्रा बरामद गरिएको कपिलवस्तु प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
