जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १७ गते .
जनकपुर । वैशाख १० गते साँझ ५.० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाण्डौबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि अपहरण गरेको आरोप लगाउँदै विरोधमा उत्रिएका नवगठित जनता समाजवादीका नेता तथा सांसद डा.सुरेन्द्र कुमार यादवको पक्षमा प्रदर्शन गरिएको छ । सो पार्टीका कार्यकर्ताहरुले मंगलबार साँझ डा. यादवको गृह गाउँमा मसाल जुलुस प्रदर्शन गरेका हुन् । कोरोना महामारीका कारण मुलुक लकडाउनमा रहेका बेला सामाजिक दुरीको समेत ख्यालै नगरी गरिएको प्रदर्शनमा प्रतिनिधिसभाका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा.यादव अपहरण काण्डमा प्रहरी तथा सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता नभएपछि त्यसको विरोधमा पार्टी कार्यकर्ताहरुले महोत्तरीमा प्रदर्शन गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिकास्थित सम्सी बजारमा भएको सो प्रदर्शनमा पार्टीका थुप्रै नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।

















