Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दर्जनौं निकायमाथि अख्तियारको विशेष निगरानी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय, विद्यालय, शिक्षा कार्यालय तथा युनिट, भूमि प्रशासनसँग सम्बन्धित मालपोत नापी कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकाय, सकड, यातायातलगायतका क्षेत्र विशेष निगरानीमा परेका छन् ।

यसैगरी वन तथा वातावरण मन्त्रालय मातहतका निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मातहतका निकाय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका निकायविरुद्ध पनि अख्तियारमा अत्यधिक उजुरी परेकाले ती निकाय विशेष निगरानीमा राखिएको अख्तियारले जनाएको छ ।

आयोगमा चालू आर्थिक वर्ष २०७७-७८ को साउनदेखि जेठ मसान्तसम्मको अवधिमा १३ हजार ३३ उजुरी परेका थिए । अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ८ हजार २ सय र जेठ महिनासम्म परेको १३ हजार ३३ सहित २१ हजार २ सय ३३ उजुरीमध्ये जेठ मसान्तसम्म ११ हजार ४ सय २४ उजुरी फस्र्र्योट भएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

फस्र्र्योट भएका मध्ये ४ सय १६ वटा उजुरी विस्तृत अनुसन्धानमा गएको छ भने १ हजार १ सय ७३ वटा उजुरी आयोगका विभिन्न महाशाखामा छानबिनका लागि पठाइएको छ । यस्तै, ६ हजार ७ सय ९३ वटा उजुरी सिधै तामेलीमा पठाइएको छ भने ५ सय २८ वटा उजुरी सुझावसहित तामेलीमा पठाइएको आयोगले जनाएको छ ।

अख्तियाले परेका उजुरीको विश्लेषण गर्दै सबैभन्दा बढी उजुरी परेका क्षेत्र तथा निकायलाई विशेष निगरानीमा राखेको हो । आयोगका प्रवक्ता रिसालले आयोगमा परेको उजुरीको संख्या र प्रतिशतलाई विश्लेषण गरी धेरै उजुरी परेका क्षेत्रमा विशेष निगरानी बढाइएको बताए । आयोगका अनुसार हालसम्मको उजुरीको अवस्था हेर्दा सबैभन्दा बढी उजुरी संघीय मामिला मन्त्रालयअन्तर्गत स्थानीय तहविरुद्ध परेका छन् । हालको र जिम्मेवारी सरेको सहित स्थानीय तहविरुद्ध ६ हजार ८ सय ५४ वटा उजुरी परेका छन् ।

जुन कुल उजुरीको ३२.२८ प्रतिशत हो । त्यसरी परेका उजुरीमध्ये आयोगले जम्मा ५१.९७ प्रतिशत मात्रै फस्र्योट गरेको छ । यसैगरी आयोगमा शिक्षाअन्तर्गतका कार्यालयविरुद्ध ३ हजार ३ सय ७७ वटा उजुरी परेका छन् । जुन कुल उजुरीको १५.९० प्रतिशत हो । शिक्षा क्षेत्रविरुद्ध परेका कुल उजुरीमध्ये आयोगले ५१.५० प्रतिशत मात्रै फस्र्र्योट गरेको छ ।

यस्तै, भूमि प्रशासन र मातहतका निकायविरुद्ध आयोगमा १ हजार ९ सय ८३ उजुरी परेका छन् । जुन ९.३४ प्रतिशत हो । यीमध्ये १ हजार १ सय १८ (५१.३४ प्रतिशत) मात्रै फस्र्र्योट भएको छ । आयोगका अनुसार वन तथा वातावरण क्षेत्रमा १ हजार ६६ उजुरी परेकामा ६ सय १४ वटा उजुरी फस्र्र्योट भएको छ । जुन ५७.६० प्रतिशत हो ।

यसैगरी, त्यस अवधिमा आयोगमा भौतिक पूर्वाधारतर्फ ७ सय ९९, स्वास्थ्य तथा जनसंख्या तर्फ ८ सय ७, ऊर्जा जलस्रोत तथा सिँचाइतर्फ ६ सय ५४, गृह प्रशासनतर्फ ६ सय ९७, तथा अर्थ मन्त्रालय मातहतका निकायविरुद्ध ४ सय ५१ वटा उजुरी परेको अख्तियारले जनाएको छ ।

आयोगले देशभरका स्थानीय तहलाई आफ्नै कार्यालय तथा जिल्लास्थित प्रशासन कार्यालयमार्फत निगरानीमा राखेको छ । आयोग मातहत इटहरी, वर्दिवास, हेटांैडा, पोखरा, बुटवल, सुर्खेत, कञ्चनपुर, नेपालगन्जमा रहेका कार्यालयमार्फत बढी उजुरीका आधारमा अनियमितता बढी हुन सक्ने निकायमा निगरानी बढाइएको प्रवक्ता रिसालले जानकारी दिए ।

आयोगले विभिन्न ३३ जिल्लामा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै भ्रष्टाचारविरुद्ध छानबिन गर्न सक्नेगरी अधिकार प्रत्यायोजन गरेको छ । सरकारी कर्मचारी तथा उच्च अधिकारीले कुनै कामको सिलसिलामा घुस रकम मागेमा सेवाग्राहीले अख्तियार मातहतका विभिन्न कार्यालयमा, अधिकार प्रत्यायोजन गरिएका जिल्ला प्रशासन कार्यालयमा तथा अख्तियारको केन्द्रीय कार्यालयमा खबर गरेमा तत्काल घुस लिने व्यक्तिलाई पक्राउ गर्न सक्नेगरी आवश्यक टोली परिचालन गरेको जनाइएको छ ।

‘कसैले घुस माग्यो ? तत्काल अख्तियारमा खबर गर्नू’

कुनै सरकारी कार्यालयका हाकिम तथा अन्य कर्मचारीले केही काम गरिदिएबापत वा काम गर्न तपाईसँग घुस मागेर हैरान पारेका छन् ? यदि कसैले त्यसरी घुस मागेर हैरान पारेका छन् भने तुरुन्त अख्तियारमा खबर गरेमा अख्तियारले पक्राउ गरी कारबाही चलाउने अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्तियारले त्यस्तै सूचनाका आधारमा पछिल्लोपटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाका सबइन्जिनियर राजन पासवानलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरी कारबाही अघि बढाएको छ । पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग ३० हजार मागेर हैरान पारेका थिए ।

सेवाग्राहीले त्यसको जानकारी अख्तियारलाई दिएर उनी आफंैले ३० हजार दिएपछि अख्तियारको टोलीले पासवानलाई सेवाग्राहीको रकमसहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता रिसालले अख्तियारले १४ वैशाखयता सेवाग्राहीको सूचनाका आधारमा सेवाग्राहीले रकम दिएपछिको अवस्थामा तीन जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जानकारी दिए । अख्तियारले यस अघि स्टिङ अप्रसेनअन्तर्गत कसैले घुस मागेमा सेवाग्राहीलाई आफंै पैसा दिएर पठाइ घुस लिनेलाई रंगेहात पक्राउ गर्ने गरेको थियो ।

तर, सर्वोच्च अदालतले अख्तियार आफैंले पैसा दिएर गर्ने गरेको स्टिङ अप्रेसनमा रोक लगाएपछि अख्तियारले त्यस प्रकारको स्टिङ अप्रसेन बन्द गरेको छ । तर, सेवाग्राही घुस माग्ने व्यक्तिबाट अत्यधिक पीडित हुन थालेपछि त्यस्ता व्यक्तिलाई कारबाही गराउन सेवाग्राही आपैंmले पैसा दिएर अख्तियारलाई खबर गर्ने क्रममा केही वृद्धि भएको छ ।

‘सेवाग्राही पीडित भएपछि आफैं पैसा दिने र अख्तियारलाई खबर गर्ने क्रममा केही वृद्धि भएको छ, यसले अख्तियारलाई घुस खाने व्यक्ति समाउन केही सहज भएको छ,’ अख्तियार प्रवक्ता रिसालले भने ।रिसालले सर्वसाधारण नागरिकमा नै चेतना अभिवृद्धि भएर घुस माग्नेहरूबारे अख्तियारलाई जानकारी गराउने क्रम बढ्न सकेमा भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । राजधानी दैनिकमा खबर छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh