रुपन्देही । रुपन्देही प्रहरीले ४४ वर्षअघि भएको हत्या काण्डका दुई अभियुक्तलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक बलरामपुर गाविस–७ (हाल लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का) ७० वर्षीय चिनगुद चाई र सोही वडाका ७० वर्षीय कप्तान चाई रहेका छन् ।
रुपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाका अनुसार उनीहरुले २०३४ साल असोज २३ गते राती ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या गरेका थिए । हत्या आरोपी दुबै जनालाई अदालतले २०४० साल वैशाख ८ गते जन्मकैदको फैसला सुनाएको थियो। त्यसयता दुवैजना फरार थिए।
