Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सरकारी कागजात कीर्ते प्रकरण केही व्यक्ति सरकारी सेवामा उपसचिवसम्म पुगे

काठमाडौं । प्रहरीले चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरि नेपाल भित्राउने र नक्कली काजगातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी काठमााडौंमा गाडी ल्याई नक्कली सवारी दर्ता किताव लगाएतका कागजातहरु तयारी गरि कारोवार हुने गरेको बिशेष सूचनाको आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गर्न सफल भएको महाशाखाले जनाएकाे छ ।

मोरङका रेवतीरमण निरौलाले पैसा तिरेपछि उनले सरकारी कागजात कीर्ते गरेर जे पनि दुरुस्तै बनाइदिन्थे । निरौलाले फार्मेसीको लाइसेन्स, एसएलसीदेखि स्नातकसम्मको ट्रान्सक्रिप्ट, सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, नागरिकता, ड्राइभिङ लाइसेन्स जम्मै बनाइदिन्थे ।प्रहरीले निरौलाको फ्ल्याटबाट ५ बोरा कीर्ते कागजात, १९१ थान विभिन्न सरकारी कार्यालयका छापका साथै विभिन्न सरकारी निकाय तथा शैक्षिक संस्थाको छाप आदि बरामद गरेको छ ।सरकारले प्रवीणता प्रमाणपत्र तहमा फार्मेसी अध्ययनका लागि तोकेको शुल्क ३ लाख ३७ हजार ५ सय रुपैयाँ हो ।

३ वर्षे फार्मेसी अध्ययन गरिसकेपछि पनि फार्मेसी काउन्सिलले लिने परीक्षा पास गरेपछि मात्रै लाइसेन्स लिन पाइन्छ । त्यसपछि मात्रै फार्मेसी पढेको मान्यता हुन्छ र औषधिको बेचबिखन गर्न पाइन्छ । तर, भारतबाट नक्कली सर्टिफिकेट बनाएर ल्याउने र नेपालमै फार्मेसी पढेर पनि काउन्सिलको परीक्षा पास गर्न नसक्नेहरुलाई निरौलाले मोटो रकम लिएर पास गराउने गरेको तथ्य खुलेको छ । महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर नक्कली कागजात बनाउने गिरोह सार्वजनिक गरेपछि नक्कली शैक्षिक प्रमाणपत्र बनाई किर्ते गरेको तथ्य बाहिर आएको हो ।

नक्कली कागजात बनाई किर्ते गर्ने साविकको मोरङ जिल्ला बयरबन गाविस वडा नम्बर ७ स्थायी घर भई हाल शान्तिनगर काठमाडौंमा डेरा गरी बस्ने ४१ वर्षीय रेवतीरमण निरौला पक्राउ गरेसँगै नक्कली परीक्षार्थी खडा गरेर परीक्षा पास गराउने तथ्य बाहिर आएको हो । पक्राउ पर्नेमा लमजुङ घर भइ सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चागुँनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भइ शान्तिनगर बस्ने रेवतीरमण निरौला रहेका छन् ।

अपराध महाशाखाले शान्तिनगरस्थित निरौलाको फ्ल्याटबाट बरामद गरेको कागजातमा त्रिभुवन विश्वविद्यालयका ट्रान्सक्रिप्टदेखि उच्च माध्यामिक शिक्षा परिषद्, एसएलसी, सिटिईभिटी, पूर्वाञ्चाल विश्वविद्यालय आदि शैक्षिक संस्थाका नक्कली मार्कसिट र प्रमाणपत्र फेला पारेको छ ।त्यसैगरी सीटीइभीटी, फार्मेसी काउन्सिल, मेडिकल काउन्सिल आदि परीक्षाका लागि नक्कली परीक्षा प्रवेशपत्र पनि फेला परेको छ । प्रहरीले निरौलाको फ्ल्याटबाट फेला पारेको हिसाबको लगतमा विभिन्न व्यक्तिसँग विभिन्न तहका शैक्षिक प्रमाणपत्र बनाएको शुल्क लिएको देखिएको छ ।

निरौलाको एउटा लगबुकमा २०७४ सालमा इमरान अन्सारी नाम गरेका एजेण्टमार्फत् फार्मेसी परीक्षा पास गराएवापत १ लाख ३० हजार शुल्क लिएको पाइएको छ ।नक्कली परीक्षार्थी पठाएर फार्मेसी परीक्षा पास गराएको रेवतीरमणले बताए ।

नक्कली परीक्षार्थी कसरी पठाउने भन्ने प्रश्नमा उनले फार्मेसी काउन्सिलले जारी गर्ने परीक्षा प्रवेशपत्रको सट्टा नक्कली प्रवेशपत्र बनाएर परीक्षा दिन पठाउने गरेको सुनाए । त्यसवापत उनले विद्यार्थीबाट लाखौं रकम उठाउने गरेका थिए ।निरौलाको लगबुकमा एमएससीको नक्कली ट्रान्सफर सर्टिफिकेट बनाएको १५ हजार, एसएलसी र प्सल टु को मार्कसिट बनाएको २६ हजार लिएको उल्लेख छ । इमरान अन्सारीकै नाममा फार्मेसी मात्रै लेखेर ४५ हजार, त्यसैगरी श्यामकुमार, शिव राम, अभिनन्दन साह, श्रीराम भगत, शविर अन्सारी, हसिब अन्सारी, अस्लाम अन्सारी आदिका नाममा फार्मेसी शीर्षकमा ४५ हजारका दरले शुल्क लिएको पाइएको छ ।त्यसैगरी बीए, बीबीएसलगायतका ट्रान्सक्रिप्ट सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, आदि बनाएको १० देखि ३५ हजारसम्म शुल्क लिएको पाइएको छ ।

नक्कली नागरिकता, सवारी लाइसेन्स आदि बनाएको १० हजारसम्म शुल्क लिएको भेटिएको छ ।पक्राउ परेका आरोपी रेवतीरमण निरौलाले सरकारी सेवामा फारम भरेर वैकल्पिकमा आफ्नो नाम निस्किएको बताएका छन् । तर, नाम निकाल्ने कसैले पनि जागिर नछाडेका कारण आफूले जागिर पाउन नसकेको र सरकारी कागजात किर्ते गर्न थालेको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन् ।महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार भारतबाट सवारीसाधन चोरी गरी नेपाल ल्याएर बेच्ने गिरोहका सदस्य मधुसुदन पाण्डे र कमलबाबु पुरी भन्ने कमलबाबु भट्ट पक्राउ परेपछि प्रहरी रेवतीरमण निरौलासम्म पुगेको हो । पाण्डे र भट्टको साथमा नक्कली बिलबुक भेटिएपछि कसले कसरी बनाइदियो भनेर खोज्दै जाँदा निरौला पक्राउ परेका हुन् ।सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका आरोपीले आफूले बनाइदिएको सर्टिफिकेटका कारण केही व्यक्तिहरु सरकारी सेवामा उपसचिवसम्म पुगेको प्रहरीलाई बयान दिएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh