काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान अनुसार प्रधानमन्त्रीको दावी पेस गर्दा पनि राष्ट्रपतिले नियुक्ति नदिएको बताउनु भएको छ ।सोमबार विपक्षी गठबन्धनका नेताहरुले विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिहरुसँग गरेको अन्तरकृया कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपतिले संविधान मिचेर उल्टै संसद विघट गरेको बताउनु भयो ।
संविधानको ७६ को उपधारा ५ अनुुसार कुनैपनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था अनुसार प्रस्तुत भएपनि आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेको गुनासो गर्नुभयो ।
राष्ट्रपतिले बरु प्रधानमन्त्रीको असैवैधानिक कदमलाई साथ दिएर आफ्नो पदिय गरिमा कायम गर्न नसकेको टिप्पणी देउवाको टिप्पणी थियो ।‘संविधान अनुसार हामीले बहुमत पुग्नेगरी प्रधानमन्त्री बन्ने आधार प्रस्तुत गर्यौँ ।
तर उहाँले नियुक्त गर्नुको साटो उल्टै संसद विघटन गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीसँग मिलेर राष्ट्रपति ज्यूले संविधानको प्रावधान धुजाधुजा बनाउनुभयो । यसले राष्ट्रपति र प्रधानमन्त्रीको पदिय गरिमा रहेन।’

















