भजनी । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिनुभएको छ ।
उहाँले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताउनुभयो । कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ ।नदी कटान रोक्नका लागि प्रयास भैरहेको स्थानीय भीम बिकले जानकारी दिनुभयो ।
