Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ओलीसामु दुई विकल्प : पद छाड्ने कि बैठक फेस गर्ने


जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १६ गते .

काठमाडौं । अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली बहुमत सदस्यको माग बमोजिम बैठक बोलाउन अझै आलटाल गरिरहेका छन् ।
बैठक बोलाए आफ्नै निर्णयका कारण आफूविरुद्धकै निर्णय आउनसक्ने देखेर ओलीले बैठकप्रति अनिच्छा देखाएका हुन् । ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने चर्को दबाब पार्टीभित्र छ ।

तर, ओली यसमा सहमत छैनन् । बरु मन्त्रिपरिषदका सदस्य र मुख्यमन्त्री हेरफेर गर्नसक्ने विकल्प अघि सारेर उनले असन्तुष्ट नेताहरुलाई फकाउने प्रयास जारी राखेका छन् । सोही क्रममा सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा आफ्ना चार जना प्रतिनिधि पठाएर वार्ता गराएपनि उक्त वार्ताले ठोस परिणाम दिन सकेन ।

पार्टीभित्र ओलीका विरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु प्रस्टसँग ध्रुवीकृत भैसकेका छन् । नौ सदस्यीय सचिवालयमा ओलीको विपक्षमा स्पष्ट बहुमत देखिन्छ । स्थायी समितिमा पनि पूर्वमाओवादी पक्षको झण्डै ४५ प्रतिशत र माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहितका नेताहरुको जोड्दा प्रचण्ड बहुुमत विपक्षमा देखिन्छ ।

यस्तो अवस्था देखेरै ओली स्थायी समिति बैठक तत्काल बोलाउन तयार नभएका हुन् ।

ओलीको हेपाहा र मनलाग्दी निर्णयबाट वाक्क भएका असन्तुष्ट नेताहरु उनी नसच्चिए संसदीय दलमै अविश्वास प्रस्ताव समेत लान पछि नपर्ने मनस्थितिमा पुगिसकेका छन् । असन्तुष्टहरुको यस्तो तयारी बुझेका ओली पनि संसदीय दलको हिसाबकितावमा जुटेका छन् । उनको हिसावकितावअनुसार आफ्नो पक्षमा संसदीय दलमा बहुमत पुग्छ भन्ने नै छ ।

सोही अनुसार सोमबार मात्रै पनि ओलीले बालुवाटारमा केही सांसदलाई बोलाएर आफूलाई सहयोग गर्न सांसदहरुलाई आग्रह गरेका छन् । ‘म जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छु । साथीहरुले संकटको घडीमा सहयोग गर्नुहुन्छ भन्नेमा आशावादी छु’, सोमबार बालुवाटारमा सांसदहरुसँगको भेटमा ओलीले भनेका थिए ।

समस्या समाधानका लागि सोमबार दिनभर भएका वार्ता निष्कर्षमा नपुगेपछि मंगलबार समेत एकपक्षीय दुई पक्षीय र दुई पक्षीय वार्ताले निरन्तरता पाउने भएका छन् । सोमबार दिनभर कहिले बालुवाटारमा ओली र नेपालबीच वार्ता भयो भने नेपाल र प्रचण्डबीच पनि वार्ता भए । खनाल, प्रचण्ड र ओली तथा केही सुदूरपश्चिमका सांसदहरुबीच समेत वार्ता भयो । सांसदहरुसँगको छलफलपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक पेजमा लेखे, ‘फुटवलमा गोल गर्नुको र राजनीतिमा श्रेष्ठता हासिल गर्नुको भिन्न महत्त्व हुन्छ’, थापाले नेकपा अरु नेताहरुलाई राजनीतिलाई फुटवलको गोलजस्तो नसम्झन चेतावनी दिएका छन् ।

नेकपा बन्यो गुटैगुटको मञ्च
पछिल्ला दिनमा नेकपाभित्रको आन्तरिक राजनीति हेर्दा नेकपा पार्टी नभएर गुटहरुको मञ्चजस्तै देखिएको छ । दुई पार्टी मिलेर बनेको नेकपा अहिले सिंगो पार्टी नभएर ओली गुट, प्रचण्ड गुट, माधव गुट, नारायणकाजी गुट, वामदेव गुट र वादल गुटमा परिणत हुन पुुगेको छ । उनीहरुका भेला, बैठक र छलफलले त्यही संकेत गर्छ । नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘ पार्टी नै छिन्नभिन्न भैसक्यो । अव त पार्टी भन्न पनि नमिल्ने भैसकेको छ । सवै गुटमात्रै चलाइरहेका छन् । कसरी पार्टी भन्नु ?’

आइतबार नेपाल निवासमा भएको भेलाले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकोले विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेपछि बालुवाटार झस्किएर रक्षात्मक नीति अख्तियार गर्न पुगेको हो । त्यसका लागि ओली समूहले अध्यक्ष प्रचण्डभन्दा माधव नेपाललाई नै आफ्नो क्याम्पमा ल्याएर बलियो र सुरक्षित बनाउने रणनीति अख्तियार गरेको नेकपाभित्रै चर्चा हुन थालेको छ । सोही रणनीति अनुसार प्रचण्डविनै ओली र नेपाल चरणचरणका वार्तालाई तिव्रता दिएको नेकपाका एक नेताको भनाइ छ ।

खासगरी वैशाख ८ को अध्यादेश जारी तथा बैशाख १२ मा अध्यादेश फिर्ता प्रकरणपछि ओलीविरुद्ध पार्टीभित्रको मत बलियो बन्दै गएको हो । ओलीको विकल्प खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समीकरणलाई जसरी पनि भत्काउने प्रयासमा बालुवाटार लागेको छ ।

स्थायी समितिमा ओेली अल्पमतमा
नेकपाको ४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड र नेपाल समूहका ३२ सदस्य छन्। ४४ मध्ये ओलीको पक्षमा ईश्वर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवासचन्द्र नेम्बाङ मात्रै छन्। पहिला ओलीको पक्षमा खुलेका महासचिव पौडेल अहिले स्पष्ट खुलेका छैनन् ।

ओलीलाई साथ दिँदै आएका परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली समेत अध्यादेश प्रकरणमा ओलीको विपक्षमा उभिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

1 year पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

1 year पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

1 year पहिले
दुर्गा प्रसाईँको भिडिओ सन्देशः प्रहरीले मलाई खोज्नु पर्दैन, म काठमाडौंमै सुरक्षित बसेको छु
जनप्रभाबन्युज विशेष

दुर्गा प्रसाईँको भिडिओ सन्देशः प्रहरीले मलाई खोज्नु पर्दैन, म काठमाडौंमै सुरक्षित बसेको छु

1 year पहिले
प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई
जनप्रभाबन्युज विशेष

प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh