रौतहट । रौतहटको मौलापुरमा जारी नगरसभाको क्रममा दोहोरो भिडन्त भएको छ । नगरपालिका कार्यालयमा जारी नगरसभाको क्रममा विपक्षी गठबन्धनले मौलापुर चौकमा विरोध प्रदर्शन गरेको थियो ।स्थिति तनावग्रस्त भएपछि प्रहरीले स्थिति लाई नियन्त्रणमा लिन दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।
मौलापुर नगरपालिकाको पाचौ नगरसभा चलिरहदा बाहिर प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ता बिच झडप भएको हो ।नगरसभाको प्रमुख अतिथि एमाले नेता प्रभु साह रहेका छन् भने उनकी श्रीमती रिना कुमारी साह नगरप्रमुख रहेकी छिन् ।

















