काठमाडौं । नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा गरिएको छ । गृहमन्त्री खगराज अधिकारीले डिआईजीको सरुवा गरेका हुन् । केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबिमा धीरजप्रताप सिंहलाई सरुवा गरिएको छ । सिंह प्रहरी भित्र अपराध अनुसन्धानमा पोख्त मानीन्छन ।
प्रदेश नम्बर २ को प्रहरी प्रमुख भएर कुशलतापुर्बक जिम्मेवारि निर्बाह गरेका डीआईजी सिंहको सिआइबिमा सरुवालाइ अर्थपुर्णरुपमा लिइएको छ । डिआइजिहरुको चर्को प्रतिष्पर्धामा अपराध अनुसन्धानमा काम गर्न दक्ष र अब्बल सिंह सिआइबिमा जान सफल भएका हुन । सिआइबि जान धेरैले जोडबल गरेपनि अन्तिममा सबै हिसाबले पोक्त रहेका सिंहले नै बाजि मारे ।
अपराध महाशाखामा प्रमुख भइ काम गरेका उनि प्रहरी अफिसरमा कामकाजी भएकै कारण चर्चित छन । दाङमा पनि एसपि भएर बस्दा सिंहले धेरै राम्रो काम गरेका थिए । सिंहकै कार्यकालमा गुन्डागर्दि पुरै ध्वस्त पारेका थिए । उनकै राम्रो कामकै कारण र उनकै कार्यकालदेखि दाङको शान्तीसुरक्षा चुस्तदुरुस्तै मानीन्छ । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धानमै दख्खल राखेकै कारण प्रदेश २ को प्रहरी प्रमुख बनाएर पठाएको थियो । पर्सामा हुदा पनि सिंहले काम गरेर नै चर्चा बटुलेका थिए । प्रहरी भित्र काम गर्नका लागि सिआइबि महत्वपुर्ण मानीन्छ ।
प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसीलाई सरुवा गरिएको छ । प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।
