मोरङ । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनिहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि थान-१, कानमा लगाउने झुम्का थान-३, LCD टिभि थान-१, मोवाईल थान-२, फलामे कराई थान-१, फलामे औजार थान-४, चाँदीको सिक्री थान-१ र नेपाली नगद रू ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो ।
