जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १५ गते .
जनकपुर । नवगठित जनता समाजवादी पार्टी नेपालका नेता तथा सांसद राजेन्द्र महतोले आफ्नो क्षेत्रमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन् ।
महतोले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मेयर लालकिशोर साह, नगराइन नगरपालिकाका मेयर परमेश्वर यादव र मुखियापट्टी मुसरनिया गाउँपालिकाका अध्यक्ष मनोज यादवको हातवाट क्षेत्रका कुल २० स्वास्थ्यचौकी र धनौजी गाउँपालिकास्थित क्वारेन्टाइन गरि कुल २१ स्थलमा लाखौं मूल्यबराबरको सामग्री सहयोग गरेका हुन् ।
महतोका निजि सचिव बिन्द किशोर साहका अनुसार धनुषा निर्वाचन क्षेत्र ३ का निर्वाचन क्षेत्र सम्पर्क कार्यालयको आयोजनामा प्रत्येक स्थलमा १ थर्मल गन, २ पिपिई, ५० मास्क, १ सयजनाका लागि ग्लोब्स र १ बोतल सेनिटाइजर हस्तान्तरण गरिएको छ । तिनैवटा पालिकाका प्रमुख सहित जिससका उपप्रमुख दिपक झा, नेताहरु संजय सिंह, मनोज चौधरी, प्रमोद यादव सहितको उपस्थितीमा सो सरसमानहरु वितरण गरिएको साहले जानकारी दिनु भयो।
साथै यसअघि नै जनकपुरधामको विभिन्न वडाहरुमा गरिव विपन्न तथा अभाव भएकाहरुको लागि वितरण भइरहेको भोजन निर्माण स्थलमा १२ क्वीन्टल चामल समेत प्रदान गरिएको थियो ।


















