जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १५ गते .
गजेन्द्र कुमार पासवान
सप्तरी ,१५ बैशाख । विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड – १९ को संक्रमणबाट बच्न तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको लामो समयको लकडाँउनको फाइदा उठाउँदै यहाँका खुद्रा तथा थोक बिक्रेताले उपभोग सामग्रीको आफु खुशि मूल्य निर्धारण गरि बिक्रि गर्दै आएको पाइएको छ ।
सप्तरीको कुशहा, कदमाहा तथा बसानपट्टि चोकका व्यापारीहरुले उपभोग सामग्रीकोको आफु खुशि मूल्य निर्धारण गरी उपभोग्य सामग्री बिक्रि गरि रहेका छन् । व्यापारीहरुले आफू खुखि मूल्य निर्धारण गर्दा उपभोतmाहरु मारमा परेका छन् । व्यापारीहरुको आफू खुशि मूल्य निर्धारणले उपभोग्य सामग्री तथा तरकारी किनेर खान नसक्ने अवस्थामा पुगेको उपभोतmा मञ्चका रामान्द गुप्ताले भने– कृषि उपज तथा उपभोग्य सामग्री बजारमा लकडाँउनको पूर्व मूल्य भन्दा अहिलेको मूल्य अत्यधिक हुदासम्म प्रशासन मौन छ । बजारमा नियमित नियमन तथा अनुगमन नहुदा पसलेहरुले आफु खुशि मूल्य निर्धारण गर्ने गरेको उनले बताए । जिल्लाको अधिकाश पसलहरुमा मुल्य सुचि नराख्ने गरेको समेत पाइएको छ । स्पष्ट देखिने गरी मुल्य सुचि अनिवार्य राख्नु पर्ने कानुनी व्यवस्था भएपनि सप्तरीको कुशहा, कदमाहा,कल्याणपुर तथा सिरहाको प्रमुख बजारहरु लहान, गोलबजार, मिर्चैया,लगायतका ठाउँहरुमा सञ्चालनमा रहेका अधिकांश किराना पसलहरुमा मुल्यसुचि राखेको पाइदैन । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रिय सदस्य तथा नेपाल बिजुली, पेन्टर, प्लम्बर, तथा निमार्ण युनियन महासंघ ( क्युपेक नेपाल ) का प्रदेश– २ का इञ्चार्ज रामकृष्ण चौधरीले –भने अहिलेको कठिन परस्थीतिमा व्यापारी र उपभोतmा दुवैलाई क्षति हुन नदिने गरी उपभोगय सामग्री बिक्रि गर्न उहाँले आग्रह गर्नुभयो ।

















