Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सर्वेन्द्र खनालविरुद्ध प्रहरीले उजुरी लिन नमानेपछि रबि लामिछानेले लेखे यस्तो स्ट्याटस


जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १५ गते . काठमाडौ । अपहरण शैलीमा आफूलाई महोत्तरीबाट काठमाडौं ल्याइएको भन्दै सांसद सुरेन्द्र यादवले काठमाडौं महानगरीय प्रहरी परिसरमा दिएको उजुरी लिन प्रहरीले आनाकानी गरेको छ। सांसद यादवले पूर्व आईजिपी सर्वेन्द्र खनाल र नेकपाका सांसद महेश बस्नेत र किसान श्रेष्ठ विरुद्ध उजुरी दिन खोजेका हुन। काठमाडौं प्रहरीले प्रक्रिया नपुग्ने भन्दै जनता समाजवादी पार्टीका नेताहरुलाई महोत्तरीनै जान भनेको हो। यो प्रकरणले सञ्चारकर्मी रवि लामिछानेलाई भने चितवनको घटनाले सम्झाईदिएको छ । चितवनमा आत्महत्या गरेका शालिकराम पुडासैनिको मृ’त्यु प्रकरणमा रवि विरुद्ध काठमाडौंमा उजुरी परेको थिए। त्यसबेला सर्वेन्द्र खनाल प्रहरी प्रमुख थिए। तर, अहिले महोत्तरीको घटना भन्दै काठमाडौं प्रहरीले उजुरी लिन नमानेको हो। यस्तो छ टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेले लेखेको फेसबुक स्ट्याटस-

चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरुद्धमा नमिल्ने ? उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला ? कानुन सानालाई मात्रै ? अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो।                       यस्तै नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व महानिरीक सर्वेन्द्र खनालले अपहरण गरी आफ्नो गृहजिल्लाबाट काठमाडौं पुर्‍याएर बन्धक बनाएको भन्दै डा यादव उजुरी दर्ता गर्न पुगेका थिए । तर, काठमाडौं प्रहरीले बारदात भएको स्थान (घटनास्थल) महोत्तरीमा भएको भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो । उजुरी दर्ताका लागि पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत आइतबार प्रहरी परिसर काठमाडौं पुगेका थिए । तर, नेताहरु उजुरी दर्ता गर्न जाँदा महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली भने कार्यालयमा थिएनन् । जनता समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री डा भट्टराईले उजुरी अस्वीकार गरिएको विषय जनाएका छन् । डा भट्टराइले यसो भने
पूर्व प्रहरी प्रमुखको संलग्नतामा जुन अपहरण जस्तो जघन्य प्रकृतिको घटना घट्यो स्वत नै हाम्रो कानून अनुसार त्यो सरकारवादी मुद्दा बन्छ । र प्रथम दृष्टियानै यति धेरै चर्चा परिचर्चा भइसकेपछि त्यसबारे कुनै जाहेरी नलिइकन राज्य आफैंले यो विषयमा मुद्दा अगाडि बढाउन सक्छ सामान्यत तरिका । तर त्यस्तो हुन्थ्यो भने यो समस्या नै आउँदैन थियो । अहिले हामी प्रहरीलाई केही दोषारोपण गर्न चाहदैनौं । उहाँहरुको वाध्यता र आदेश छ । जुन यो ओली तन्त्र छ जसले लोकतन्त्र मूल्य मान्यता विधान संविधान कानून सबै लत्याएको छ र राज्यको अपराधिकरण गरेको छ । आफैं सलग्न भएर अपहरण जस्तो काण्ड गरेको छ त्यसले सम्पूर्ण कर्मचारी प्रहरी प्रशासनलाई पनि आतंकित भएको छ । त्यसैले उहाँहरुले बुझ्दा बुझ्दै पनि , नबुझेर होइन कानूनको पालन गर्न सक्नु भएको छैन ।त्यसैले यो घटना अझ गम्भीर बनेर गएको छ । देश गम्भीर संकटको दिशा तर्फ जाँदैछ । हामीले प्राप्त गरेका उपलव्धिहरु गुम्दैछन् र राज्य अपराधिकरण भइसकेपछि नागरिकको जीवन रक्षा कसरी हुन्छ ? हामी आफ्ना कुरा सम्बन्धित ठाउँमा अहिले राख्ने छौं । केही तर्क वितर्क नगरि हाम्रा कुरा राखेर जाँदैछौं । पूर्व आइजीपी सर्वेन्द्र खनालले सुरेन्द्र यादव प्रकरणमा मुख खोले, बाबुरामदेखि ओली-प्रचण्डको पार्टीसम्म खैलाबैला
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौं ल्याइएको पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् । यादवलाई अपहरण गरिएको भन्ने भनाइ सत्य नभएको खनालको प्रतिक्रिया छ । सांसद यादवले विहीबार होटलमा सबै सांसदसँग भेट हुने लागेको अवस्थामा मुड चेञ्ज गर्नू उनको गल्ती भएको खनालको भनाइ छ । ‘अस्ति हामी (खनाल, महेश बस्नेत र किसान श्रेष्ठ) भक्तपुरमा बसेका थियौं, डा. सुरेन्द्र यादव आउन खोजेको तर अझै डराइरहेको भन्ने कुरा बुझियो’, खनालले भने, ‘अनि, उहाँलाई परामर्शका लागि काठमाडौं नै आउनू भन्ने कुरा भयो ।’यादवले नै सहमति जनाएपछि बुधबार ९ बजे उनको घरमा पुगेको पूर्वआईजीपी खनालले बताए । खनालले भने, ‘बिहान ९ बजेतिर पुग्यौं । गफसफ भयो । खाजा खुवाए । खाना पनि खाएर जानू भन्ने कुरा आयो घरबाट ।’ त्यहीँबाट डा. यादवले विभिन्न व्यक्तिसँग परामर्श पनि लिएको खनालले बताए । ‘उहाँले जनकपुर गएर डा. सूर्य भन्नेसँग पनि भेट गर्नुभयो’, उनले भने, ‘त्यसपछि नै उहाँ आउन तयार हुनुभएको हो ।’खनालले आफू विगतमा प्रहरी भए पनि अहिले सामान्य नागरिक भएको बताउँदै भने, ‘मैले हिँजो पुलिस भएर काम गरेँ । अहिले नागरिक भएर गरिरहेको छु । कुरा गर्नै नहुने, साथी भाइ नै नहुने भन्ने त होइन नि !’ चर्चा गरिएजस्तो ‘अपहरण’ नभई आफ्नै ईच्छामा डा. यादव काठमाडौंसम्म आएको खनालले बताए । ‘सिन्धुलीमा खाजा खाइयो, काभ्रेमा खाना खाइयो । साँझ उहाँ होटलमा बस्नुभयो । भोलिपल्ट सबै सांसद त्यहीँ भेट हुने कुरा थियो’, पूर्वप्रहरी प्रमुख खनालले अगाडि भने, ‘बरु उहाँको पो दोष भयो, काठमाडौं आएर मुड चेञ्ज गर्नुभयो । नत्र, उहाँकै ईच्छाअनुरुप काठमाडौं आउनुभएको हो ।’समाजवादी पार्टीका थुप्रै नेता कार्यकर्तासँग आफ्नो पुरानो चिनजान रहेको तथा आफ्ना हितैषीको रुपमा नेकपा सांसद किसान श्रेष्ठ र महेश बस्नेतसँग लकडाउनमा अलपत्र परेकालाई केही सहयोग गर्न सकिन्छ कि भनेर आफू तराई मधेसतिर गएको उनले बताए। खनालसँगै बिहीबार बिहान काठमाडौं आइपुगेका समाजवादी पार्टीका सांसद यादव र अरगरीया नक्सालस्थित मेरियट होटेलमा केहीबेर बसेका थिए। निवेदन दर्ता हुनुअघि समाजवादीबाट अलग्गिएर छुट्टै दल दर्ता गर्ने तयारीका साथ उनीहरु काठमाडौं आएका थिए। यही प्रकरणमा सांसद यादवसहितको टोलीलाई ल्याउन सरकारकै निर्देशनमा पूर्वआईजीपी खनाललाई प्रयोग गरिएको आरोप लागेको छ। भट्टराई र पाण्डेले लगाएको आरोपलाई बल पुग्ने गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी स्रोतले पनि सांसद यादवलाई लकडाउनका बेला काठमाडौं ल्याउन पूर्वआईजीपी खनाल बर्दिबास पुगेको बतायो। खनालसँगै नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ पनि महोत्तरी पुगेका थिए। यही प्रकरण अहिले ‘अ’प’ह’र’ण’ सँग जोडिएको विषय बनेको छ। यो बिषयले बाबुराम भट्टराईको ‘जनता समाजवादी पार्टीदेखि ओली-प्रचण्डको नेकपासम्म खैलाबैला मच्चाएको छ । यस्ताे छ समाजवादीको फुट र जुटको वृत्तान्त, बालुवाटारले खेल्न खोजेको अन्तिम कार्ड पनि यसरी भयो विफल
प्रधानमन्त्रीले राजनीतिक दल विभाजन गर्न सहज हुने कानुनी व्यवस्था ल्याएर आफ्नै पार्टीलाई फुटाउन नखोजेको बताएका थिए। राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्‍यादेश, २०७७ ल्याउनुको औचीत्यबारे प्रधानमन्त्रीले भनेका शब्द एक सांसदले यसरी उल्लेख गरे, ‘विभिन्न राजनीतिक दलमा राम्रा मान्छेहरू, जो जनहीत गर्न चाहन्छन्, व्यक्तिगत स्वार्थ लिएका व्यक्तिहरूसँग बाध्य भएर बस्नुपरेको छ। संसदीय दल र पार्टीको केन्द्रीय समिति दुवैतिर ४० प्रतिशत पुर्‍याउन नसकेर मनले नमान्दा पनि टाँसिएर बस्नुपरेको छ। यो अध्यादेश नेकपा फुटाउनका लागि होइन अन्य दलमा त्यसरी बसेकाहरूका लागि हो।’ जयसिंह महराले कान्तिपुर दैनिकमा समाचार लेखेका छन्। प्रधानमन्त्रीले आफू र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता गरेकाले विभाजन गर्दा कुन मुख देखाएर हिँड्ने? भन्ने अवस्था आउने भनेर सांसदहरूलाई थुम्थुम्याउने प्रयास गरेका थिए। सांसदहरूलाई ‘कन्भिन्स’ गराउने क्रममा उनले भावनात्मक तर्कका साथै आफ्नो स्वभावजन्य अभिव्यक्ति पनि दिएका थिए। उनले ‘नेकपा कागजको महल नभएकाले एउटा अध्यादेशले विभाजन नहुने’ बताएका थिए। प्रधानमन्त्रीले त्यसो भने पनि उक्त बैठकमा अर्का अध्यक्ष दाहाल गएनन् भने काठमाडौ क्षेत्र नम्बर- २ बाट निर्वाचित वरिष्ठ नेता माधवकुमार नेपाल पनि अनुपस्थित थिए। राई र यादवको नाडी प्रधानमन्त्री ओलीले आफू मातहत काम गर्दा नै छामिसकेका थिए। अन्य मन्त्रीको तुलनामा राम्रो काम गरेका राई र राज्यमन्त्रीको जिम्मेवारी हुँदा पनि स्वास्थ्य मन्त्रालयमा यादवले गरेका कामबाट प्रधानमन्त्री राम्रैसँग परिचित थिए। साथै उनीहरूको राजनीतिक भविष्य र महत्वकांक्षासँग पनि। उपेन्द्र यादव देशभन्दा विदेशमा बढी जाने भएकाले स्वास्थ्य मन्त्रालयका काम डा. सुरेन्द्रले नै गरेको बुझाइ थियो। सांसद राईले पार्टी नेतृत्वसमक्ष सरकारबाट बाहिरिनेबारे असहमति राखेका थिए। असन्तुष्टिका बाबजुद यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छोड्ने निर्णय गरेका थिए। समाजवादीका सांसद मोहम्मद इस्तियाक राई
त्यतिबेला देखि नै सरकारबाट बाहिरिने राईलगायत पार्टीभित्रका अन्य सांसद असन्तुष्ट हुँदै गइरहेका थिए। रेणु यादव भने मन्त्री हुन नपाएकामा अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट थिइन्। पार्टी उपाध्यक्ष रेणुले पछिल्लो समय उपसभामुखको आश गरेकी थिइन्। तर, प्रधानमन्त्री ओलीले समाजवादीसँग कुनै पनि राजनीतिक लेनदेन नगर्ने अघोषित निर्णय गरिसकेकाले उनी पनि समाजवादीमा बसेर केही नहुने निष्कर्षमा पुगेर अलग्गिन चाहेकी थिइन्। यी विषयमा बालुवाटार भरपूर जानकारमात्रै होइन यसरी असन्तुष्ट रहेका सांसदहरूसँग निरन्तर सम्पर्कमा पनि थियो। जसले बुधबारको दिन निम्त्याएको थियो। बाबुराम-उपेन्द्रको ‘मास्टर स्ट्रोक’
बुधबार दिउसो कांग्रेसको केन्द्रीय कार्यालय सानेपाको भेलामा गएका बाबुराम भट्टराई र उपेन्द्र यादवले सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गरिएको भन्ने सूचना पाए। लकडाउन हुनु एक दिन पहिलेदेखि नेपालगन्जमा रहेका सांसद मोहम्मद इस्तियाक राई र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत काठमाडौं आएर आन्तरिक छलफलमा रहेको जानकारी पाएका उनीहरू यादवको ‘अपहरण’ भन्ने सूचनाले झस्किए। पार्टी विभाजन सहज हुने अध्यादेश ल्याएर सरकारले नेकपादेखि राजपासम्म हलचल ल्याएको बेला भट्टराई र यादवलाई निश्चित भयो कि अब पार्टी जोगाउनुपर्छ। लामो समयदेखि पार्टी एकताको चरणबद्ध छलफलमा रहेका राजपाका नेताहरूलाई पनि उक्त सूचनाले झस्काएको थियो। राजपाका एक शीर्ष नेताका अनुसार ‘परिस्थितिको विश्लेषण गरेर सानेपाबाट निस्किए लगत्तै दुवै दलका शीर्ष नेता छलफलमा जुटे’ का थिए। दुवै पार्टी एकताको सहमति हुनुभन्दा आधा घण्टा अगाडि राजपाका ती नेताले भनेका थिए, ‘समाजवादीका अलग्गिन खोज्ने सांसदहरूको संख्या ४० प्रतिशत पुग्छजस्तो लाग्दैन। यो इस्तियाकले सुरु गरेको हो, हामी (दुवै दलका शीर्ष नेता)सँग भएको सूचीअनुसार केन्द्रीय समितिमा कुनै हालतमा ४० प्रतिशत पुग्दैन, संसदीय दलमा पुर्‍याउने प्रयास गर्दैछन्। सरकारले साथ दिइरहेको छ तर अहिलेसम्म पुगेको छैन।’ भट्टराई र यादवले असन्तुष्ट सांसदहरूलाई एकातिर मनाउने प्रयास जारी राखेका थिए भने अर्कोतिर ‘सरकारको कब्जा’ मा परेका सांसदहरूलाई छुटाउने र प्रधानमन्त्री नै उक्त कार्यमा संलग्न छन् भनेर ‘एक्सपोज’ गर्न लागेका थिए। यसबीच उनीहरूले सांसद सुरेन्द्र यादवलाई अपहरण गर्न ओलीका विश्वासपात्र सांसद महेश बस्नेत र किसान श्रेष्ठ खटिएका भनेर सामाजिक संजाल र संचारमाध्यममार्फत सार्वजनिक गरिदिएका थिए। जसले गर्दा सरकारी पक्ष आलोचनाको भयले पछि हट्न बाध्य भयो। साथै उनीहरूले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पनि ‘अपहरण’ प्रयोग भएको भनेर आरोप लगाए। त्यसले पनि सामाजिक सञ्जाललगायत संचार माध्यममा सरकार र प्रधानमन्त्रीको आलोचना सुरु भइसकेको थियो। बिहीबार बिहान समाजवादीका असन्तुष्ट सांसदहरूलाई मेरियट होटलमा राखेको भट्टराई र यादवले जानकारी पाए। पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा पुर्‍याउन एक टोली खटाएका उनीहरूले सांसद छुटाउन गंगा श्रेष्ठ, अशोक राईलगायतलाई खटाएका थिए। हुल बाँधेर उनीहरू होटल छिर्न खोजेपछि सांसदहरू पछाडिको ढोकाबाट बाहिरिएका थिए। अपहरणमा परेका भनिएका डा. यादव भने यसैबीच पार्टी अध्यक्षहरूको सम्पर्कमा पुगेका थिए। जनता समाजवादी पार्टी दर्ताको निवेदन आयोगमा बुझाएपछि पनि पार्टी फुटाउन खोजेका सांसदहरूलाई नेताहरूले मनाउने क्रम जारी राखेका थिए।के गरिरहेका थिए समाजवादीका असन्तुष्ट सांसद
बिहीबार साँझसम्म समाजवादीका पार्टी फुटाउन लागेका भनिएका सांसदहरू ‘हामीले त्यसो गर्ने योजना नै बनाएका थिएनौं’ भनेर स्पष्टिकरण दिइरहेका छन्। तर, हिजो ठीक यतिबेला नै ‘कसरी अगाडि बढ्ने’ भनेर छलफल गरिरहेका थिए। सांसदहरूको जुगाड गरिरहेका थिए।समाजवादीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने योजना उनीहरूको थियो। बुधबार राति ‘पार्टीमा विवाद छ तर फुट्ने कुरा निराधार हो’ भनेर बताइरहेका राईले मुख्यमन्त्री राउतसँग छलफल गरिरहेका थिए। उनले सुरेन्द्र यादवको ‘अपहरण’ नभएको पनि दाबी गरिरहेका थिए, जबकी पार्टीका नेताहरूले एकपछि अर्को गरी चर्को रूपमा उक्त कुरा उठाउँदै आएको थियो। अर्का असन्तुष्ट सांसद प्रदीय यादव त बिहीबार बिहान ९ बजेसम्म पनि भनिरहेका थिए, ‘हामी सबै साथीहरू बसिरहेका छौं र केहीबेरमा के गर्ने भन्ने हुन्छ।’ उनले भनेका थिए, ‘हामी आठैजना बसेका छौं, घोषणा गर्छौं आवश्यकता पर्‍यो भने।’ त्यो छलफल मेरियट होटलमा भइरहेको थियो। जहाँ कलुदेवी विश्वकर्मा लगायतका सांसदहरू पुगिसकेका थिए। यादवले सांसद छुटाउन मेरियट होटल पुगेका अशोक राईको चर्को आलोचना गरेका थिए। उनकै कारण पार्टी आजको अवस्थामा पुगेको असन्तुष्ट सांसदहरूको आरोप थियो। नेतृत्वको अगाडि केही नबोल्ने र ‘एस म्यान’ बनेर बस्ने? त्यस्तो मान्छेबाट पार्टी बन्छ? उनीहरूको आक्रोश थियो। सरकारले यी असन्तुष्ट सांसदहरूमध्ये केहीलाई मन्त्री र यो समूहबाट नै उपसभामुख बनाउने भन्ने आश्‍वासन दिएको समाजवादी र राजपाका नेताहरूको भनाइ थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ
जनप्रभाबन्युज विशेष

सशस्त्रका जवान १५ हजार घुससहित पक्राउ

11 months पहिले
सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

सिराहामा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

11 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

11 months पहिले
निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन
केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) / अपराध अनुसंधान

निर्मला हत्या प्रकरण गम्भीर अनुसन्धान गर्न सीआईबीलाई गृहमन्त्री लेखकको निर्देशन

11 months पहिले
मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन
जनप्रभाबन्युज विशेष

मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

11 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh