Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ सरकारको कमिशन मोह, स्थानिय तहको बजेट रोकियो,१ अर्बभन्दा बढी बजेट फ्रिज हुने सम्भावना

लहान । प्रदेश २ सरकारले नयाँ आर्थिक वर्ष २०७८/०७९ का लागि बजेटको तयारी अन्तिम चरणमा पुर्‍याएको भएपनि चालु आर्थिक वर्षकै बजेट स्थानीय तहलाई भुक्तानी नगरेको पाइएको छ। चालु आर्थिक वर्ष सकिन एक महिनाभन्दा केही दिनमात्र बढी रहेको अवस्थामा पनि प्रदेश २ सरकारले स्थानीय तहका लागि विनियोजन गरेको रकम भुक्तानी नगरेको हो।

प्रदेश सरकारले स्थानीय तहहरुलाई पठाउनुपर्ने सशर्त अनुदान उपलब्ध नगराउँदा १ अर्बभन्दा बढी बजेट फ्रिज हुने सम्भावना बढेको छ। प्रदेश सरकारभित्र चलिरहेको आन्तरिक किचलोकै कारण सशर्त अनुदान स्थानीय तहमा नपठाइएको हो।

प्रदेश सरकारले स्थानीय तहहरुलाई पठाउनुपर्ने सशर्त अनुदान उपलब्ध नगराउँदा १ अर्बभन्दा बढी बजेट फ्रिज हुने सम्भावना बढेको छ।प्रदेश सरकारभित्र चलिरहेको आन्तरिक किचलोकै कारण सशर्त अनुदान स्थानीय तहमा नपठाइएको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहाल कानुनी अड्चनका कारण स्थानीय तहमा बजेट पठाउन नसकेको बताउँछन्। ‘विगतमा प्रदेश सरकारले सशर्त बजेट सिधै पालिकालाई पठाउँदै आएको थियो। तर, चालू आर्थिक वर्षमा प्रदेश सांसदमार्फत् स्थानीय तहलाई बजेट पठाउने भनिएले विवाद सिर्जना भएको हो,’ उनले भने।

तर आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव भने सबै पालिकामा सशर्त अनुदानको बजेट पठाउने प्रक्रिया अगाडि बढाइएको दावी गर्छन्। उनले केही स्थानीय तहमा पठाई सकिएको र बाँकी रहेका स्थानीय तहहरुलाई समेत पठाइने बताए। मन्त्री यादवले कानुनी जटिलताले बजेट पठाउन ढिलाई भएको स्वीकार गरे।

प्रदेश सरकारले स्थानीय तहका लागि चालु वर्षमा सशर्त अनुदान शीर्षकमा १ अर्ब १२ करोड १० लाख रकम विनियोजन गरेको छ। सरकारले पालिकालाई सामानीकरण, समपूरक र विशेष अनुदानको बजेट पठाए पनि सशर्त अनुदानको बजेट नपठाउँदा फ्रिज हुने सम्भावना बढेको हो।

सिरहाको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले सशर्त अनुदानका लागि पटकपटक प्रदेश सरकारलाई ताकेता गर्दासमेत नपठाइएको बताए।

सिरहाको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले सशर्त अनुदानका लागि पटकपटक प्रदेश सरकारलाई ताकेता गर्दासमेत नपठाइएको बताए।पर्साको बहादुरमाई नगरपालिका एक कर्मचारीले सशर्त अनुदान नआएको र आउने सम्भावनासमेत कम हुँदै गएको बताए। बहादुरमाई नगरपालिकामा समानीकरण अन्तर्गत तेस्रो चौमासिकसम्म ७३ लाख, विशेष अनुदानको ३० लाख र समपूरक अनुदानको २० लाख रुपैयाँ आइसकेको छ। तर सशर्त अनुदानको ८० लाख रुपैयाँ नआउँदा नगरपालिकाका योजना प्रभावित भएको ती कर्मचारीको भनाइ छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले महानगरपालिकालाई एक करोड ५० लाख, उपमहानगरपालिकालाई एक करोड, नगरपालिका र गाउँपालिकालाई ८०-८० लाख सशर्त अनुदान अन्तर्गत बजेट उपलब्ध गराउने गरी सशर्त अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको थियो।

प्रदेश विनियोजन ऐन ०७७ को दफा ९ को व्यवस्थाअनुसार प्रदेश सरकारले तोकिएको योजना सञ्चालन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयले सिधा सम्बन्धित पालिकालाई बजेट पठाउन सक्ने प्रावधान छ। सांसदहरूले आफ्नो क्षेत्रका पालिकामा आफ्नै सिफारिसमा बजेट लैजाने अडान लिँदा विवाद सिर्जना भएको थियो।

प्रदेश २ को प्रदेशसभाको बजेट अधिवेशन सोमबार (भोलि) सुरु हुन लागेको छ। प्रदेश सरकारले जेठ २७ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh