कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका छुट्टा-छुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले विशेष सूचनाका आधारमा खटिएको टोलीले भीमदत्त नगरपालिका-१ भाँसीबाट २ जना र बेलौरी नगरपालिका-७ कालोपुलबाट २ जानालाई पक्राउ गरिएको जानकारी दिए ।भीमदत्त नगरपालिकाको भाँसीबाट बेदकोट नगरपालिका-१ का २१ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाललाई पक्राउ गरिएको डीएसपी थापाले बताए ।
