जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १३ गते .
सिरहा । जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज कुमार यादवले इस्लाम धर्मावलम्बीको महानपर्व रमजानका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
रमजानका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न सबैलाई प्रेरणा दिने उल्लेख गर्नुभएको छ ।
जिसस उप-सभापति यादवले सन्देशमा भन्नुभएको छ, विश्व अहिले कोरोना भाइरस महामारीको चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणको लागि लकडाउन समेत गरेको हुँदा सम्पुर्ण मुस्लिम धर्मावलम्बीहरु लाई घरमै नवाज पढन तथा भिड भाड नगर्न आग्रह समेत गरेका छ्न ।
इस्लाम दर्शनअनुसार रमजान पर्वमा मुस्लिम समुदायले महीनाभर रोजा अर्थात् व्रत बस्ने गर्दछन् । यसपर्वको मुख्य सन्देश भनेको मानिसलाई सत्मार्गमा डोर्योउनु , विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरित गर्नु हो ।
तपाईको प्रतिक्रिया !
