Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राहत वितरणमा राजनीति र भ्रष्टाचार बढदै , सप्तरीमा झडप हुँदा सातजना घाइत

जन प्रभाब-२०७७ बैशाख १२ गते .

राजविराज । राहत वितरणको विषयमा बढेको विवादले जिल्ला सप्तरीमा झडप हुँदा दुबै पक्षका सातजना घाइते भएका छन् । सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नम्बर -८ स्थित गम्हरिया प्रवाहामा बिहीबार राती वडा अध्यक्ष उमेशकुमार यादव पक्षधर र असन्तुष्ट पक्षबीच झडप हुँदा सातजना घाइते भएका हुन् ।

राहत वितरणमा अवरोध गरेको भन्दै बिहीबार राती मादक पदार्थ सेवन गरी आएका वडा अध्यक्ष पक्षधरले घरमै आक्रमण गरेको घाइते यानचन मण्डलको आरोप छ । आक्रमणबाट यानचनसहित उनकी दिदी रामवतीदेबी मण्डल, छिमेकी लालदेव मण्डल र निजकी श्रीमती रतनीदेवी मण्डल घाइते भएका छन् ।

यता वडा अध्यक्ष पक्षका रञ्जित मण्डल गम्भीर घाइते छन् । रञ्जितको राजविराजमा उपचार हुन नसकेपछि न्युरो अस्पताल विराटनगर हुँदै हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसीयुमा उपचार भइरहेको छ ।

उनका साथमा रहेका रामप्रसाद मण्डल र गजेन्द्र यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा विपक्षी यानचन र रामवतीको पनि उपचार भइरहेको छ । लालदेव र रतनीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

राजनीतिक दलका प्रतिनिधिलाई नराखी केही युवाहरूका साथ राहत वितरण गर्न पुगेका वडा अध्यक्षलाई हातपात गर्दै राहत सामग्री राखिएको कोठामा गाउँलेले तालाबन्दी गरेपछि बढेको विवाद झडपमा परिणत भएको गम्हरिया प्रवाहाका पूर्व गाविस अध्यक्ष रामलखन मुखियाले बताए ।

वडा अध्यक्षको कार्यशैलीप्रति उनकै पार्टी संघीय समाजवादी फोरमका गाउँ कमिटी अध्यक्ष उदयकान्त यादव समेत असन्तुष्ट छन् । नियमअनुसार राजनीतिक दलका आधिकारिक प्रतिनिधिलाई नराखी आसेपासे र सम्पन्नलाई राहत दिन खोजेपछि गाउँनै विरोधमा उत्रिएको उदयकान्तले बताए । ‘बचाउ गर्ने कार्यकर्ताले नै घेराउ गरे, मतदाताले नै गोबर र माटो छ्यापे, पार्टीले समेत पक्ष लिने अवस्था रहेन,’ उदयकान्तले लाचारी प्रकट गरे ।

करिब तीन सयको संख्यामा रहेका दलित, विपन्नहरूको भीडले आक्रमण गरेपछि प्रहरीले वडा अध्यक्षलाई जोगाएर लगेको स्थानीय बिनोद यादव बताए । लकडाउनबाट प्रभावितको साटो आसेपासेलाई राहत वितरण गर्न थालेपछि आक्रोशित गाउँलेले वडा कार्यालय घेराउ गरे भने नेकपा, नेपाली कांग्रेस र राजपाले तालाबन्दी गरे । विरोध र तालाबन्दीपछि राहत वितरण स्थगित छ ।

राहत वितरण गर्न नदिएर गालीगलौज र ढुंगामुढा गर्नेहरूको घरमा पुगेर राती नै सम्झाउन पुगेका बेला आफ्ना मानिसलाई धारिलो हतियार फर्सा, गर्सालगायतले प्रहार गरेको वडा अध्यक्ष उमेशले बताए । वडा अध्यक्ष उमेश भन्छन्-‘राहतका लागि वडालाई साढे तीन लाख रूपैयाँ छुट्याइएको थियो, दलका प्रतिनिधिले एक हजार बढीको नाम ल्याए ।’

राहत वितरणमा अवरोध गरेको भन्दै मादक पदार्थ खाई घर प्रवेश गरी कुटपिट गर्न थालेपछि आक्रोशित गाउँलेले वडा अध्यक्ष पक्षका मानिसलाई लखेटेको वडा सदस्य मानवीर रजकले बताए ।

वडा अध्यक्षले कसैको सल्लाह नलिने गरेको वडा सदस्य रजकले दुखेसो सुनाए । घाइते गजेन्द्रका भाइ सुरेन्द्रले भने, ‘यानचनको घर गएर छिमेकीबीच आपसमा रिस आवेश राख्न नहुने भन्दै सम्झाएर घर फर्किएपछि यानचनको समूहले आक्रमण गरेका हुन् ।’

अस्पतालमा उपचाररत दुबै पक्षका घाइतेले एक अर्काविरुद्ध कान’नी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए । सरकारको निर्णयबमोजिम लकडाउनले प्रभावित परिवारलाई राहत वितरण गर्न प्रदेश सरकारले गाउँपालिकालाई पहिलो चरणको रकम पठाइसकेको छ र दोस्रो चरणको राहत समेत घोषणा गरिसकेको छ । तर सप्तरीमा कतिपय स्थानीय तहले अझै पहिलो चरणको राहत वितरण गर्न सकेको छैन् । राहत वितरण भएका कतिपय स्थानीय तहमा तीव्र विवाद देखिएको छ ।

राहतका विषयमा कतै वडा कार्यालयमा तालाबन्दी भएको छ त कतै जनप्रतिनिधिमाथि हातपात भएको छ । राहत वितरणमा अनियमतिता भएको भन्दै शम्भुनाथमा राहत बहिष्कार, कञ्चनरूप र खडकमा घेराउ, डाकनेश्वरीमा तालाबन्दी, हातपात, सप्तकोशी, बोदे बर्साइन र हनुमाननगरमा विरोध प्रदर्शन भएका छन् ।

राहत वितरणमा ढिलाइ भएपछि दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने गरिब, विपन्नको जीवन जोखिममा परेको छ । उनीहरूले लकडाउनको अवधि लम्बिँदै गएको र राहत वितरणमा राजनीति र भ्रष्टाचार बढदै गएको गुनासो गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh