लहान । सिरहाको सिमाबर्ती क्षेत्रमा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ । सिरहा नगरपालिका वडा नम्बर -१७ पटेर्वाका २७ वर्षीय धिरु यादवसँग रहेको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ( डीएसपी ) शालिग्राम शर्माले जानकारी जानकारी दिनुभयो ।
यादवले मादकपदार्थ सेवन गरेर गाउँघरमा हो–हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय माडरबाट प्रहरी नायव निरीक्षक विश्वबाबु बुढाथोकीको कमाण्डमा टोली तत्काल घट्ना स्थल पुगेको थियो । प्रहरीलाई यादवले देखेपछि फरार हुन लाग्दा कटुवा पेस्तोल झरेको डीएसपी शर्माले बताए।
