काठमाडौं । कोरोना महामारीबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका कर्मचारीले प्रति शव व्यवस्थापन गरेबापत एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने भएका छन् ।
पुनः नियुक्त भएपछि कार्यभार सम्हाल्न पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले यस्तो निर्णय गरेका हुन् ।यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी भत्ता पाउने सूचीमा थिएनन् ।
अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने मन्त्रालयले जनाएको छ । उक्त अवसरमा उनले पर्यटन क्षेत्रको विकास र विस्तार भन्दा पनि उद्धार र राहतमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।बजेट समेत सोही अनुसार आउने उनको भनाइ छ ।
कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसायले राहत पाउने गरी नीति बनाउन उनले निर्देशन दिए । ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरी काम गर्न समेत उनले निर्देशन दिए ।
