काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् ।
सभापित देउवाले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय सीमा आज ९ राति बजे सकिँदैछ । त्यसैले पनि देउवाले आजै आफ्नो नेतृत्वमा सरकार गठनको दावी पेस गर्न लागेका हुन् ।
सभापित देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको गर्दै आएका छन् । यसका लागि उी आफैँले पनि प्रधानमन्त्री ओलीइत्तरका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्दै आएका छन् ।

















