काठमाडौं । नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेरि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने दाबी गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरिसकेका बेला मुख्यमन्त्री पोखरलले फेरि ओली नै प्रधानमन्त्री हुने दाबी गर्नुभएको हो । विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने उहाँको जिकिर छ ।
