काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरू अर्को सरकार बनाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । सोमबार राति एक विज्ञप्ति प्रकाशित गर्दै ठाकुरले जसपा र ओली नेतृत्वको सरकरबीचको वार्ता तथा सोअनुसारको प्रगति सकारात्मक रूपले अगाडि बढीरहेको पनि बताएका छन् ।
वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भै सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो,’ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केहिदिन यता प्रधानमन्त्री केपी शर्मा अोलीसंग नजिकिएक ठाकुर ओलीले सदनमा विश्वासको मत गुमाएपछि रुष्ट बनेका हुन् । जसपा भित्र ठाकुर र राजेन्द्र महतो पक्ष ओली सरकारमै सहभागी हुने तयारीमा थियो । तर एमालेकै असन्तुष्ट माधव नेपाल र झलनाथ खनाल पक्ष विश्वासको मत नदिने र सरकारलाई बहुमत नपुग्ने अवस्था देखेपछि ठाकुर र महतो पक्ष सदनाम तटस्थ बसेका थिए । जसपाकै उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष भने विश्वास प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

