काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चलाइरहेको सरकार अन्धाधुन्धाको सरकार नभएको बताउनुभएको भएको छ । सोमबार प्रतिनिधिसभा हलमा विश्वासको मत माग्नुपूर्व आफ्नो सरकारले विकासका कामहरु गरेको भन्दै यो सरकार अन्धाधुन्धाको सरकार नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार अन्धाधुन्धाको सरकार होइन । नेपाल समृद्धि बनाउने चाहना सम्पूर्ण नेपालीको आकांक्षा हो । स्वदेशमै रोजगार सिर्जना गर्न सरकार लागि परेको छ ।’यसैगरी कयौँ संख्यामा विदेश पलायन भएको तर, ४५ लाख नेपालीहरु विदेशमा नरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

















