भद्रपुर । झापाको दक्षीणी क्षेत्रमा चाइनीज स्याउको तस्करी बढेपछि सशस्त्र प्रहरीले चासो देखाएको छ । गएराति साढे १० बजे कचनकवल १ स्थित १२२ नम्बर सीमा पीलर तोरीबारीबाट एकसय काटुन स्याउ बरामद गरेपछि प्रहरीको सकृयता देखिएको हो ।
नेपालबाट अवैधरुपमा स्याउ भारत जादै छ भन्ने सुचनाको आधारमा सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट केचना र घेराबारीबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको सशस्त्रप्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।
बरामद स्याउ अनुमानित एक लाख रुपैयाँ मूल्याङ्कन गरी शुक्रबार भद्रपुर भन्सार कार्यालय बुझाइएको एसपी रमेश कुमार पाण्डेले जानकारी दिए । केही दिन अघि केचना नाकाबाट भारतीय मोटरसाइकलमानेपाल ल्याउदै गरेको ५२हजार रुपैयाँ मूल्य बराबरको मोविल कचनकवल गाउँपालिका ४ स्थित खुट्टामुनीबाट बरामद गरेको उनले जनाए ।
मोविल र बिआर ३७ क्यु ३०८२ नम्बर उल्लेख भएको भारतीय मोटरसाइकल सहित भद्रपुर भन्सार बुझाइएको उनले बताए । महामारीको यस्तो अवस्थामा तस्करहरुको आँट देखेर प्रहरी नै अचम्ममा परेका छन् ।

















