काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङ्गत कट्वाल सैनिक अस्पताल छाउनीमा उपचाररत रहेको खुलेको छ।कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएपछि सैनिक अस्पतालमा भर्ना भएका उनलाई आइसीयूमा राखिएको छ।
स्वाशप्रस्वासमा समस्या भएपछि १ वैशाखमा अस्पतालमा भर्ना भएका उनको अहिले अवस्था स्थिर रहेको सैनिक स्रोतले जनाएको छ।
कोरोना संक्रमण उच्च हुन थालेपछि देशका सुपरिचित व्यक्ति धमाधम अस्पताल भर्ना भएका खबर सतहमा आउन थालेका छन्।

















