रसुवा । वन्यजन्तुका कुख्यात अन्तर्राष्ट्रिय कारोबारी कुन्जोक छिरिङ तामाङलाई रसुवा जिल्ला अदालतले दोषी ठहर गरेको छ । उनलाई हुने सजाय निर्धारण गर्न भने बाँकी छ । कुन्जोक नेपाल र भारत हुँदै चीनको स्वसासित क्षेत्र चीनसम्म दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोबारमा संग्लन थिए ।
२०६२ भदौ १६ गते रसुवाको साविक स्याफ्रु गाविस– ९ मा ५ थान बाघको छाला, ३६ थान चितुवाको छाला २३८ थान ओतको छाला र ११३ केजी बाघको हड्डीसहित छवाङ भन्ने उटुक लामा तामाङ, कारसाङ भन्ने रिसाङ लामा, मिङमार लामा, बलराम श्रेष्ठ र थोप्तेन तामाङलाई सेनाको दुर्गा बक्स गणले नियन्त्रणमा लिएको थियो । उनीहरुसँगको सोधपुछ पछि यसको मुख्य नाइके कुन्जोक रहेको सार्वजनिक भएको हो ।
२०६९ असार २० गते लाङटाङ निकुञ्जले कुन्जोकलाई खोजतलास तथा पक्राउ गरिदिन केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो । झण्डै आठ वर्ष लामो खोजीपछि ब्यूरोले गत असार ११ गते बौद्धबाट उनलाई पक्राउ गरि रसुवा जिल्ला अदालतमा बुझाएको थियो । असार १४ गते जिल्ला अदालतले कुन्जोकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । कुन्जोकलाई लोपोन्मुख वन्यजन्तु बाघ, चितुवा र ओतका छाला तथा हड्डी लगायतका अंगको अवैध व्यापारमा संलग्न भएको अभियोगमा चलाइएको मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले दोषी ठहर गरेको हो ।
उनलाई सजाय निर्धारण गर्न बाँकी रहेको छ । २०७५ सालमा फौजदारी संहिता लागू भएपछि तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा अदालतले शुरूमा आपराधिक अभियोग लागेको कुनै व्यक्ति दोषी रहे–नरहेको ठहर गर्नुपर्छ । दोषी पाइएमा एक महीनाभित्र छुट्टै सुनुवाइ गरेर उसलाई हुने सजाय निर्धारण गर्ने व्यवस्था छ । कुन्जोकलाई सजाय निर्धारणका लागि अर्को साता पेसी तोकिएको छ । रसुवाको साविक स्याफ्रु गाविस– ९ मा ५ थान बाघको छाला ३६ थान चितुवाको छाला २३८ थान ओतको छाला र ११३ केजी बाघको हड्डीसहित छवाङ भन्ने उटुक लामा तामाङ, कारसाङ भन्ने रिसाङ लामा, मिङमार लामा, बलराम श्रेष्ठ र थोप्तेन तामाङलाई सेनाको दुर्गा बक्स गणले नियन्त्रणमा लियो। ना २ ख ९४९७ नम्बरको ट्रकमा ती अवैध सामग्री तिब्बततर्फ लैजाँदै गर्दा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाले २०६२ भदौ १६ गते उनीहरुलाई पक्राउ गरेको थियो।निकुञ्जका चिफ वार्डेनले थोप्तेन तामाङलाई सफाइ, छवाङ र रिसाङलाई १५ वर्ष जेल, एक लाख जरिवाना र बलराम र मिङमारलाई ५ वर्ष जेल फैसला सुनाए। हिरासतमा रहेका उनीहरुले पुनरावेदन र त्यसपछि सर्वोच्च अदालतमा निवेदन दिए ।
पुनरावेदनले छवाङ र रिसाङलाई ७ वर्ष जेल र अन्यलाई निकुञ्जकै फैसला सदर गरेको थियो । सर्वोच्चले पनि पुनरावेदनकै फैसला सदर गर्योल। निकुञ्जको अनुसन्धानमा पक्राउ परेकाहरुले बयानका क्रममा अवैध वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ, निटुप भनिने नुटुप लामा र दान्डुप लामा भएको बताए ।
त्यसयता कुन्जोकसँगै तीनैजना फरार थिए। २०६९ असार २० गते लाङटाङ निकुञ्जले तीनैजना फरारको खोजतलासका लागि केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो। झण्डै आठ वर्ष लामो खोजीपछि ब्यूरोले असार ११ गते बौद्धबाट पक्राउ गर्योण। हुम्लाका कुन्जोक नेपाल आउँदा बौद्धमा बस्ने कुरा प्रहरीलाई अनुसन्धानकै क्रममा थाहा भइसकेको थियो।कुन्जोकलाई रसुवा जिल्ला अदालतले असार १४ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

















