काठमाडौं । प्रधानमन्त्री तथा नेपाल एमाले का अध्यक्ष केपी शर्मा ओलीले त्रासदीपूर्ण भूकम्पबाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमााएका परिवारलाई रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

शनिबार धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने रोजगारीमा मृतकका परिवारलाई प्राथमिकता दिने बताएका हुन् ।

उनले परिवारका एकजनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने घोषणा गरे । उनले धरहरामा क्षेत्रमा काम नपाउनेलाई अर्को क्षेत्रमा पहल गरिने पनि बताए ।


















