जन प्रभाब-सम्बादाता प्रकाशित मिति : २०७७ बैशाख ९ गते मंगलबार !
लहान । अहिले जिल्ला सिरहा लगायत मुलुकका अधिकांश स्थानमा मेघगर्जन सहित वर्षा भइरहेको छ । मुलुकका केही ठाउँमा हावाहुरी, चट्याङ र असिना सहित पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा मौसमी प्रणाली धेरै सक्रिय रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । यो क्रम अझै केहीबेर सम्म चल्ने मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । मौसमविद् पोखरेलका अनुसार अहिले प्रिमनसुन गतिविधि सक्रिय छ । त्यसमा पनि स्थानीय वायु र पश्चिमी निम्न चापीय प्रणाली मिसिएको छ ।
साथै बंगालको खाडीबाट निस्किएको जलवाष्पयुक्त हावा आइरहेकाले पनि नेपालमा पानी परिरहेको छ । स्थानीय वायु र पश्विमी वायुको प्रभाव रहेकाले अहिले मुलुकका अधिकांश स्थानमा सामान्य बदली रही मेघ गर्जन, चट्याङ र हावाहुरी सहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख ९ गते (मंगलबार)
दिउँसो – देशभर आंशिक देखि सामान्य बदली रहि केही स्थानहरुमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति – देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख १० गते (बुधबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
राति : देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ११ गते (बिहीबार)
दिउँसो -देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरु, मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जन / चट्याङ / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
राति – देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जन / चट्याङ / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

















