जन प्रभाब-सम्बादाता
काठमाडौं-बैशाख ८ गते । प्रमुख विपक्षी नेपाली कांग्रेसले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी आध्यादेशमा असहमति जनाएको छ ।
आज सरकारले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
सोही निर्णयको विरोध गर्दै कांग्रेस सभापति तथा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले असहमति जनाएका हुन् ।
उनले आज विज्ञप्ति जारी गर्दै नागरिक जीवन संकटमा रहेको बेला सरकारले अध्यादेश ल्याएको र राष्ट्रपतिले हतारमा प्रमाणीकरण गरेको बताएका हुन् ।
यो निर्णय हुनुअघि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो ।
‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो ।’ देउवाले विज्ञप्तिमा भनेका छन् ।
संविधान निर्माण गर्दा राजनीतिक स्थिरता र संवैधानिक नियुक्तिहरूमा साझा स्वामित्वका लागि गरिएका व्यवस्थाहरू सरकारले अध्यादेशमार्फत संशोधन गरेको भन्दै कांग्रेस सभापति देउवाले भनेका छन् ।

















