बिरेन्द्र प्रसाद नेपाल / यस्तो चुनाव ईतिहासकै पहिलो पल्ट भएको हो । पत्रकार महासंघको चुनाव केन्द, प्रदेश र जिल्ला गरी तिनै तहमा एकै दिन एकै पल्ट भएको छ । पत्रकार महासंघ सिरहा शाखाको मतपत्र काउन्टीङ्ग पहिलो चरणमा भएकोले चुनावकै दिन रिजल्ट सार्वजनिक भए लगतै बलान बिहुल गाउँपालिको अध्यक्षः दयानन्द गोईतले फोनमार्फत बिजय टिमलाई सम्मन र स्वागतका लागि निम्तो दिएका थिए ।

गोईतले एक कार्यक्रम गरी बनैताको टिमलाई चिया नस्ता खुवाई स्वातग गरेको छ । उपस्थित भएका पदाधिकारीहरुलाई मायाको चिनो र खाधाओढाएर पत्रकार महासंघ शाखाका निर्वतमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पद हासिल गरेका मनोज बनैता त्यस्तै कोषअध्यक्षः बिरेन्द्र प्रसाद नेपाल, सचिवः राजेन्द्र महतो, सदस्य बिरेन्द्र यादव बिरु, पत्रकार रोहित मण्डल र रासिन्द्र यादव लाई सम्मा गरी बधाई दिएको छ ।

दयानन्द गोईतले भने चुनाव भनेको हारजितको खेल हो त्यसैले कुनै पक्षलाई हार्नु स्वभाविकै भएकोले वलानबिहुल गाउँपालिकाले कुनै पनि पत्रकारहरुका लागि मान सम्मानका लागि तत्पर रहने छ । सप्तरी र सिरहा विच बेटीरोटीको सम्वन्ध भएकोले सप्तरीको पत्रकार आफनो कार्य क्षेत्र लहान वनाए पनि कुनै नौलो ठाउँमा रहेको अनुभव नभएको बताए । सो कार्यक्रममा मन्तव्यमा बनैताले भने नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको सिरहा शाखाको निर्वाचन समितिका मतदानका लागि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको थियो । ८४ जना सदस्य मध्ये ८३ जनाले मतदान गर्नु भएको छ । सिरहा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा मनोज बनैता ४५ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी हिरालाल चौधरीले ३८ मत ल्याएका छन् ।

उपाध्यक्षमा गणेशप्रसाद साह ४३ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी जिबछ यादव उदासी ३९ मत ल्याएका हुन् । महिला उपाध्यक्षमा रिकुकुमारी दास ४२ मत ल्याएर विजयी भएका छन भने उनको निकटम प्रतिद्वन्दी यमुना खनालले ३६ मत ल्याएको निर्वाचन समितले जनाएको छ। त्यसैगरी सचिवमा शिबदयाल यादव ४२ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्दी शम्भु यादवले ३९ मत ल्याएर हार व्यहोरेका छन् । त्यस्तै सहसचिवमा राजेन्द्र महतो ४५ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी राम भरोषि महतोले ३७ मत ल्याएका छन् । सहसचिव समावेशीमा दुर्गा परियारले ५२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी आशिष कुमार विश्वकर्माले ३१ मत ल्याएर पराजित भएका छन् । कोषाध्यक्षमा वीरेन्द्रप्रसाद नेपालले ४३ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी एलिना हिमांग चौधरीले ३९ मत ल्याएका छन् ।


