Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेतृत्वमा इच्छाशक्ति भए परिवर्तन टाढा छैन : नगरप्रमुख घिमिरे (अन्तर्वार्ता)


  • नगर प्रमुख, तिलोत्तमा नगरपालिका

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ प्राप्त गरेको छ। बुटवल र भैरहवाको बीचमा रहेको तिलोत्तमाले विकास निर्माणमा मात्रै होइन, सामाजिक र वातावरणीय क्षेत्रमा पनि उत्तिकै सकारात्मक काम गर्दै आएको छ। नगरको कार्यसम्पादन शैली, पुरस्कृत हुनुको आधार, अबको योजना लगायतका विषयमा नगर प्रमुख वासुदेव घिमिरेसँग नेपाल समयका लागि विनोद परियारले गरेको कुराकानीको सम्पादित अंशः

  • तिलोत्तमा नगरपालिका कसरी उत्कृष्ट भयो?

नेपाल नगरपालिका संघले आव २०७६/७७ मा सहरी सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेबापत उच्च मूल्यांकन गर्दै हामीलाई उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ प्रदान गरेको हो। पुरस्कार पाउँदा अत्यन्तै खुसी लागेको छ। अझै रचनात्मक काम गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ।

संघले विभिन्न सूचकका आधारमा मूल्यांकन गर्दै आएको छ। हामीले यो कारणले पुरस्कार पाएका हौं भन्दा पनि मलाई हामीले गरेका काम पुरस्कारका लागि योग्य भएछन् लाग्छ।

तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको नेतृत्वमा यहाँका सम्पूर्ण दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विकास साझेदार, सञ्चारकर्मी, टोल विकास संस्था, सामाजिक संघ-संस्था, क्लब, आमा समूहलगायत सम्पूर्ण नगरवासीले गरेका काम, हामीले राखेका सोच, दृष्टिकोणको आधारमा उत्कृष्ट भएको हो।

म यो सफलता सबै नगरवासीमा साट्दै आगामी दिनमा नगरको समृद्धि र नगरवासीको खुसीका थप रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

तलोत्तमा बुटवल र भैरहवा ठूला सहरका बीचमा छ। दुवैलाई ओझेलमा पारेर तिलोत्तमाको नाम आयो। तपाईंहरूले कामचाहिँ कसरी गर्नुहुन्छ?

स्थानीय तहको समृद्धि र प्रगतिका लागि महत्त्वपूर्ण कुरा नेतृत्वको इच्छाशक्ति हो। म गर्छु, गरेमा सम्भव छ, अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्ने भावना हुनुपर्छ।

हिजो जे गरियो, त्यही तरिकाले आज काम गर्दा परिवर्तन आउन सक्दैन। फरक शैली र व्यवहारले काम गर्नुपर्छ। पुरानै तरिकाले काम गर्ने र जोखिम लिन नचाहने प्रवृत्तिले हामी परिर्वतन हुन सक्दैनौं। अरूको कुरा सुन्ने, अरूका सुझाव लिँदा पनि फरक तरिकाले काम गर्न सकिन्छ।

तिलोत्तमा नगरपालिकामा हामीले सधैं नगरवासीलाई माथि राखेर काम गर्ने गरेका छौं। यही कार्यशैली र नगरवासीको सहयोग, सुझाव, सहकार्यले केही फरक काम र अभ्यास गर्न सकेका हौं।

आमप्रवृत्ति विकास भनेको सडक कालोपत्रेलाई मात्र भन्ने छ। तर मेरो विचारमा सबैभन्दा ठूलो विषय सामाजिक विकास हो। भौतिक पूर्वाधारलाई टिकाइराख्न पनि मानिसमा सामाजिक विकास अपरिहार्य छ। नेतृत्वले यो कुरा बुझ्न सकेमा परिवर्तन अलिक छिटो नजिक ल्याउन सकिन्छ।

  • तिलोत्तमा नयाँ नगरपालिका भएकाले जे काम गरे पनि देखिने र चर्चा भएको भन्ने पनि छन् नि?

मलाई त्यस्तो लाग्दैन। नयाँ नगरपालिकामा अझ काम गर्न कठिन हुँदो रहेछ। पुराना त संस्थागत भइसकेका हुन्छन्। आधारभूत कुराको व्यवस्था भइसकेको हुन्छ।

नयाँ नगरपालिकामा त भौतिक संरचना, पूर्वाधार, जनशक्ति सबै व्यवस्थापन गर्नुपर्ने हुँदो रहेछ। आधारभूत कुराको व्यवस्थापन गर्दागर्दै नयाँ काम सुरु गर्न नसकिने रहेछ। तिलोत्तमाको एक महिनाअघि मात्र प्रमुख प्रशासनिक भवन निर्माण सम्पन्न भएर उद्घाटन भयो। जनप्रतिनिधि आएको झन्डै चार वर्षपछि हामी आफ्नो भवनमा सर्‍यौं। आफ्नो सुविधासम्पन्न कार्यालय नहुँदा हामीले निकै कठिनाइ भोग्यौं।

हामी निर्वाचित भएर आएदेखि नै नयाँ–नयाँ काम सुरु भयो। कार्यालय भवन त एउटा उदाहरण मात्र हो। नयाँ नगरपालिका भएकाले हामीलाई काम गर्न तमाम समस्या नआएका होइनन्। तर, हामी ती समस्यासँग जुध्दै अघि बढ्यौं। हामीले समस्यालाई समस्याका रूपमा र ढिलासुस्ती वा काम नगर्ने बहानाका रूपमा लिएनौं। समस्यालाई अवसरका रूपमा लियौं।

  • स्थानीय सरकारले कसरी काम गर्दा जनसमर्थन हुँदो रहेछ?

स्थानीय सरकार भनेको जनताको सुखदुःखको साथी हो। स्थानीय सरकारले नै नागरिकलाई सरकारको अनूभूति दिलाउने हो। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारलाई धेरै अधिकार दिएको छ।

ऐनअनुसार काम गर्ने हो भने हामीले नागरिकलाई परिवर्तनको अनुभूति दिलाउन सक्छौं। त्यसमा स्थानीय बासिन्दाको साथ, सहयोग र सहकार्य अपरिहार्य हुन्छ। बहुसंख्यकको हितलाई ख्याल गरेर काम गर्दा जनसमर्थन प्राप्त हुन्छ नै।

कतिपय काम गर्दा सीमित व्यक्ति असन्तुष्ट हुन सक्छन् तर त्यसले बहुसंख्यकलाई हित गर्छ र सामाजिक न्याय स्थापित गर्छ भने हामीले त्यो काम गर्नुपर्छ। असल नियतले बहुसंख्यकलाई हित गर्ने गरी नयाँ र सर्वोपरि हितको काम गर्दा जनसमर्थन प्राप्त हुँदो रहेछ।

  • स्थानीय तहमा सुशासनको प्रश्न व्यापक रूपमा उठेको छ? तपाईंहरूले सुशासन कायम राख्न कसरी काम गर्नुहुन्छ?

सर्वप्रथम त हामीले नगरका हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकताअनुसार सेवा प्रवाह गर्दै आएका छौं। सरोकारवालाको सक्रिय एवं सार्थक सहभागिता गराई नगरवासीलाई छिटोछरितो, सरल एवं न्यायिक रुपमा सेवा प्रवाह गर्दै आएका छौं।

आमनगरवासीलाई शासनको सुखद अनुभूति दिलाउने हाम्रो पहिलो प्रयास रहँदै आएको छ। जनमुखी एवं पारदर्शी कार्यसम्पादन सुशासनको पहिलो आधारस्तम्भ हो। नगरका निर्णय र बजेट कार्यान्वयन पारदर्शी बनाउने गरेका छौं।

हामीले सुशासनका लागि कार्यपालिकाको हरेक बैठकका निर्णय सार्वजनिक गर्ने, समयसमयमा सार्वजनिक सुनुवाइ गर्ने, नगरवासीका गुनासा सम्बोधन गर्ने, विभिन्न मोबाइल एप प्रयोगमा ल्याउनेलगायतका काम गर्दै आएका छौं। अब छिट्टै घरनक्सा र राजस्व संकलन अनलाइन प्रणालीमा लैजाँदै छौं।

कार्यालय परिसरमै बैंकको काउन्टर राखेर नगरपालिकालाई क्यासलेस बनाएका छौं। मुखपत्र नियमित प्रकाशन गरी हाम्रा गतिविधि, निर्णय, सार्वजनिक महत्त्वको विषयलाई नगरवासीसमक्ष पुर्‍याउँदै आएका छौं।

  • मुलुकको राजनीतिक उतारचढावले स्थानीय तहको विकासलाई कति असर पार्ला?

मुलुकको राजनीतिक उतारचढावको प्रत्यक्ष असर स्थानीय पालिकालाई पर्ने कुरा त भएन। तर, अप्रत्यक्ष प्रभावचाहिँ पर्छ। तैपनि आजसम्म हामीलाई मुलुकको राजनीतिक उतारचढावले काम गर्न अप्ठेरो परेको छैन। हामीकहाँ विकास–निर्माण चलेकै छ। यद्यपि राजनीतिक स्थिरता अत्यावश्यक विषय हो।

  • जनप्रतिनिधि सबै जनताको सेवा गर्न एकमत छौं, प्रतिबद्ध छौं। यहाँको विकास र समृद्धिककमा लागि सिंगो कार्यपालिका र नगरसभा एकैं ठाउँमा छ।

  • तिलोत्तमा र अन्य नगरपालिका वा स्थानीय तहबीच भिन्नता के हो?

तिलोत्तमा र अन्य नगरपालिका वा स्थानीय तहबीच ठ्याक्कै यो भिन्नता छ भन्ने कुरा त हामीले भन्दा पनि अरूले भन्ने÷बुझ्ने÷देख्ने÷महसुस गर्ने विषय हो। सबैलाई आफू अब्बल छु भन्ने लाग्नु अन्यथा होइन। तर, त्यसको मूल्यांकन अरूले गर्ने हो।

स्थानीय सरकारका रुपमा हामीले स्थानीय कानुन निर्माणदेखि पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउने, काठमाडौं बाहिर पहिलो लगानी सम्मेलन गर्ने, सुशासन, प्रवद्र्धनात्मक अभियानलगायत सबै प्रकारका काम एकसाथ अघि बढाएका छौं।

नगरवासीलाई सबैभन्दा नजिकको अभिभावकीय सरकारको अनुभूति दिने गरी कार्यसम्पादन गर्दै आएका छौं। छोटकरीमा भन्दा हामीले सुरुबाटै केही फरक अभ्यास, काम गर्दै आएका छौं। यो नै अन्य स्थानीय तह र तिलोत्तमाबीचको भिन्नता हो।

  • उत्कृष्टतालाई बचाइराख्ने चुनौती पनि छ नि अब कसरी सामना गर्नुहुन्छ?

पुरस्कृत हुनु हाम्रा लागि चुनौती मात्र होइन, अवसर पनि हो। उत्कृष्ट नगरपालिका भएपछि नगरवासी तथा अन्य पालिकाका तथा शुभेच्छुकले पनि बधाईसहित थप रचनात्मक काम गर्न सुझाव दिनुभएको छ।

बजेटको सीमितता, प्रचलित ऐन–कानुन, जनशक्ति लगायतका कारणले हामीले चाहेका तथा प्राप्त सुझावअनुसारका कतिपय काम गर्न सकेका छैनौं। बाँकी कार्यकालमा यसअघि चालेका प्रवद्र्धनात्मक अभियान र विकास निर्माणलाई एउटा गन्तव्यमा पुर्याउनु हाम्रो पहिलो उद्देश्य रहन्छ। यसो गर्न सकेमा हामी पुरस्कृत हौंला वा नहौंला त्यो तपसिलको विषय हो। तर हाम्रो उत्कृष्टता बाँचिरहन्छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

1 month पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh