जन प्रभाब-२०७७ बैशाख ५ गते !
सिरहा । जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज कुमार यादवले लकडाउनको पूर्ण रुपमा पालना गर्न सिरहा जिल्लाबासीलाई आग्रह गर्नुभएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको बिकल्प नभएको बताउदै जिसस उप-प्रमुखले लकडाउनको पूर्ण रुपमा पालना गरी घरमै सुरक्षित रुपमा बस्न पनि सिरहा जिल्लाबासी लगायत सबैलाई आग्रह गर्नुभएको हो ।
सिरहा जिल्लामा विपन्न नागरिकहरुलाई नगरपालिका र गाउँपालिकाले राहत बितरण गरेको जानकारी गराउदै जिसस उप-सभापति यादवले विपन्न नागरिकलाई भोकै नराख्ने उद्देश्यका साथ सबै पालिकाहरुले कार्य गरिरहेको पनि बताउनुभएको छ ।
जिसस उप-सभापति यादवले जिससका सबै सदस्यहरु विपन्न नागरिकलाई राहत बाड्ने काममा सक्रिय भएर लाग्नुभएको बताउदै जिससले पालिकाबाट कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि भैरहेका कार्यहरुलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
सिरहाका सबै पालिकाहरुले क्वारेन्टाइन र आइसोलेश निर्माण गरेको, विदेशबाट आउने नागरिकहरुको कोरोना परिक्षण गर्ने गरेको, राहत बितरण गरेको, एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको लगायत नागरिकलाई प्रत्यक्ष रुपमा राहत पुग्ने कार्य गरिरहेको पनि जिसस सिरहाका उप-सभापति यादवले जानकारी दिनुभयो ।

















