जन प्रभाब-२०७७ बैशाख ५ गते. उदयपुर । प्रदेश नम्बर-१ को उदयपुरमा १२ जनामा कोरोना संक्रमण भएको पाइएको छ । भारतबाट लुकिछिपी आइ त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको मस्जितमा केहीदिन अघि प्रहरीले छापा मारी उनीहरुको स्वव नमुना संकलन गरि कोशी अस्पताल विराटनगरमा कोरोना परिक्षण गर्न पठाइएको थियो । परिक्षणबाट १२ जनाको रिर्पोट पोजेटिभ आएको अस्पतालले जनाएको छ । कोशी अस्पतालमा पोजेटिभ देखिएकाहरुको रिर्पोट अन्तिम परिक्षणको लागी काठमाण्डौको टेकु अस्पताल लगीएको बुझिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर जिल्लामा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षीय र चितवन जिल्लामा २७ र ६३ बर्षीयमा थप कोरोना संक्रमण देखिएको हो। उदयपुरको मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका सबै संक्रमित पुरुष भएको जनाएको छ। यो संगै संक्रमितको संख्या ३० पुगेको छ । यस्तै प्रदेश १ का एक मन्त्रीले भुल्केको मस्जिदमा भेटिएका १२ जना भारतीयकै पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको र उनीहरुलाई राति नै उदयपुरबाट प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको जानकारी दिनुभयो । मन्त्री कार्कीका अनुसार हाल राष्ट्रिय प्रयोगशालाको अन्तिम रिपोर्ट आउन बाकी रहेको बताउनुभयो ।

















