जन प्रभाब-२०७७ बैशाख ५ गते. – काठमाडौँ। नेपालमा ठूला र सानाको अन्तर मज्जैसँग देख्न पाइन्छ । नेपालमा नेतागिरीगर्नेहरुको चहलपहल नै हर्कै हुन्छ । कुनै १ जना नेतालाई चिनेकै भरमा दाई र कमरेडभन्दै दु्ख सुखमा ब्रमलुट पारेका नेपालमा कैयन उदाहरणहरु छन् । तर क्यानाडामा भने देशकै रक्षामन्त्री हर्जित सज्जन सर्वसाधारण झैँ खाद्य सामग्री किन्न ग्रोसरी स्टोर अगाडी लाईनमा उभिएको तस्विर अहिले भाइरल बनिरहेको छ । रक्षामन्त्री जस्तो पदमा भएको ब्यक्तिले सामान्य मानिसहरुका सरह कोरोनाको कहरबीच विश्व नै त्रसित भएको समयमा पनि सर्वसाधारण झैँ खाद्य सामग्री किन्न लाईनमा बस्नुलाई चान्यचुन्य रुपमा लिन मिल्दैन । कोरोनाको सन्त्रासबीच रक्षा मन्त्रीले चलेको कदम निकै सराहनीय रहेको छ यस प्रकारका कदमले उक्त देशका नागरिक समेत लाइ हौसला मिल्ने उक्त दृश्य अहिले विश्वभर भईरल भएको छ ।
तपाईको प्रतिक्रिया !
