काठमाडौं । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जना चालक पक्राउ परेका छन्। शुक्रबार कालिमाटी र त्रिपुरेश्वरबाट एक/एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्रिपुरेश्वरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा बा.प्र. ३००१ च ०९१० नम्बरको सवारीसाधनका चालक शुभाषकुमार प्रजाले ५०० रूपैयाँ दिएर प्रलोभनमा पार्न खोजेका थिए। विपरीत दिशाबाट सवारी चलाएका कारण उनलाई कारबाही गर्न खोजिएको थियो।

















