Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तराईमा होलीपर्व नजिकैजादाँ तराईको माहौल विस्तारै होलीमय बन्दै

  • रोहित कुमार मण्डल

लहान । लाल पानी, हरियर पानी, पानी रे पानी पेट मका बच्चा करे नानी गै, नानी, जोगिरा सर..सर…..अचेल यस्तै कर्ण प्रिय जोगरिाका गितहरु तराई मधेशका विभिन्न गाउँहरुमा सुन्न पाइन्छ ।बिधाकी देवी सरस्वतीको पुजा अर्थात वसन्तपञ्चमीको दिनदेखि नै तराईमा फागु पर्वको शुभारम्भ भएको होली पर्वलाई स्थानीय भाषमा फगुवा तथा धुर खेल उप्यकावासीहरुले मानाइने होली पर्वको एक दिन पछाडी मनाईने होली पर्वको तराईवासीहरुले आफ्नो छुटै परमपरागत तरिकाले मनाईने प्रचल रहेका छन् ।

तराईका मधेशका विभिन्न जिल्लाहरुमा मनाइने होलीको पुर्व सन्धयामा समद् दहन गरि धुमधामका साथ मनाउने गरिन्छ ।ं यस पर्वमा पुर्णिमाका दिन होलिका दहन गर्ने परम्परा रही आएका छन् । होलीका दहनका दिन बेलुकी कुनै पवित्र जलाशयका छेउ छाउ गाँउबाट बाहिर गएर बाँसको फाटा, रुखका हगांहरु, तथा खरपात राखेर होलीकाको समाधि निर्माण गरि स्थानीय व्थतिmहरु नाचगान गर्दै समाधि स्थल पुगी आमा बुवा मृत्यु भइ सकेका व्यतिmले समाधिमा अग्नि प्रजवलन गरी पापिनीकी प्रतिक मानिने दत्यराज हिरणकस्यपकी बहिनी होलीकाको अन्तय भएकोमा हर्ष बधाई अदान प्रदान गर्ने गरिन्छ । जसलाई स्थानिय भाषामा सम्द दहन भन्निछ ।

होलिका दहन पश्चात बालबालिकाहरुले एक अर्काको घरबाट दाउरा, काठपात चोरेर ल्याई आगोको धुनी बालेर नाचगान गरी रात बिताउने गर्दछन् । यसो गर्दा पापवृतिलाई नष्ट गरि अनिष्टकारी तत्वहरुबाट सुरक्षीत होइन्छ भने मान्यता रहेको लहान नगर पालिका – १ चुनु चौधरीले धारणा व्यतm गरिन् ।

एक महिना सम्म मनाईने फागु पर्व अर्थात होलीको उत्सवको आगमणको संकेत स्वरुप गाँउ घरमा गाईने गितहरुमा कृष्णलीला, भतm प्रलाद र होलीका आदि प्रसंगका गितहरु गाउँनुका साथै जोगिरा समेत गाइने गरिन्छ । तर अचेल आएर गाँउ घरबाट जोगिरा समेत हराउन थालेका छन् । हिन्दुहरुको महान पर्व दशैमा जसरी आफ्ना मान्यजनका हातबाट टिका थापी आर्शिवाद लिइन्छ, त्यसरी नै तराईमा फागु थाप्ने प्रथा फगुवाको परम्परागत शैली तथा मौलिकता रहेको चौधरीको कथन रहेको छ ।

फागु पर्वलाई मधेशमा आपसी सदभावको संगम सुत्रको रुपमा पनि लिने गरिन्छ किन भने आफ्नो घरमा होली खेल्न आएको समुहलाई विभिन्न किसिमको परिकार तथा मिष्ठान भोजन गराई पठाउने प्रचलन रहेको लहान नगर पालिका –७ निवासी भारती गुप्ताले बताइन् ।

होली खेल्न आएको समुहले जाने बेलामा सदा आन्नद रहे यहि द्धारे, मोहन खेले होली हो , जस्ता आशिश वचन दिईने गरेको बताउँदै उनले भनिन — फागु पर्वका दिन विषेशत ःरगंबाट रंगिएका बाजाहरु जस्तै मृदंगा, डफरा तथा ढोलक जस्ता परम्परगत बाजा गाजाका साथ नाचगान गरि महिला तथा पुरुषहरु समुह बनाई बिहान देखि बेलुका सम्म रमाईलो गरी मनाईने गरिन्छ ।

तराईको सबैभन्दा महत्वपूर्ण पर्वका रुपमा चिनिँदै आएको फागु पूर्णिमा (होली) नजिकिँदै जाँदा यहाँ गाँउघरमा होलीको माहौल विस्तारै–विस्तारै होलीमय बन्दै गएको छ । घर र बजारमा होरिया गीत गाउने क्रम सुरु भएको छ भने रंग, अबिर र फूचकारीको बिक्री समेत शुरु भएको छ । होरी सम्बन्धी गीतहरु समेत बजारमा गुञ्जिन थालेको छन् । बसन्त पञ्चमीका दिनदेखि नै फागू पूर्णिमासम्म होरी गीत गाउने र बजाउने यहाँ पुरानो प्रचलन छ । यसपल्ट पहाडी क्षेत्रमा १५ ग्ते आइबार र तराई क्षेत्रमा १६ गते सोमबार होली पर्वको साइत जुडेको छ ।

होली मनाउन बाहिर रोजगारीका लागि गएकाहरु पनि धमाधम घर फर्किन थालेका छन् । होली पर्व घरमै मनाउने परम्परानुसार यसरी बाहिर रहेकाहरु घर फर्किन थालेका हुन् । बसन्त ऋतुको आगमनको अवसर पारी यस अवधिमा रंग, अविर, खेल्न खुल्ला हुने जनधारणाले गर्दा सरस्वती पूजादेखि पूर्णिमासम्म घर–घरमा एक आपसमा रंग, अविर लगाई रमाइलो गर्ने र साँझतिर टोल, बजारको कुनै चौकमा भेला भई युवाहरु रमाइलो गर्ने गरेको दृश्य देखिन थालेको छ ।

होली पर्वको उमंग किसान, मजदुर, व्यापारी, गृहिणी, नेता, युवा, पसले, जागिरे, विद्यार्थी सबैलाई उत्तिकै रहेको छ । बालबालिकाहरु त झन होली कहिले ? भनी सोधी सोधी अभिभावकहरुलाई हैरान बनाउँछन्– अभिभावक तथा संचारकर्मी बिरेन्द्र प्रसाद नेपाल बताउँछन् ।

मिथिला क्षेत्रको कला साँस्कृति मध्ये होली एक धरोहरकै रुपमा रहेको चर्चा गर्दै लहान –१ निवासी दिनेश देव भन्छन्–फागू पर्व आउनुभन्दा एक महिना अघिदेखि नै गाउँका साथीहरुले होलीको तयारी सुरु गरिसकेका छन् । यसपल्टको होली गाउँमै साथीहरु बीच रंग, अबिर र गीत संगीतको आनन्द र एक अर्काको सुखदुःख साटासाट गरेर बिताउने योजना छ ।

श्री पञ्चमी पर्व सुरु भएकै दिनदेखि आ–आफ्ना कुलदेवतालाई घरका जेठा सदस्यले रंग, अबिर, खीर तथा पूजाआजा अर्पण गरेर बसन्त ऋतुलाई स्वागत गर्ने परम्परा रहेको उल्लेख गर्दै पण्डित बलराम पाठक भन्छन–त्यस दिनदेखि नै तराईवासीहरु रंग, अबिर खेल्न थाल्छन् । होलीलाई आनन्द र मस्तीको पर्वको संज्ञा दिँदै पाठक होरीको गीत यसरी गुनगुनाउँछन्–

भर फागुन बुढवा देवर लागे
बुढावा के गौना कराय दिय हो ….
हे जबजब नियतै हरि गुणमा
गावतै बुढवाके गौना कराय दिय हो … । यता होली पर्व नजिकिँदै जादा जिल्लाभरी नै थरीथरीका फिल्मी लोकगीत र भोजपुरी गीत बज्न थालेका छन् । कुनै कुनै गीत त निकै कामूक र उत्तेजक शब्दहरुको प्रयोग भएकाले सर्वसाधारणले सुन्दा अली अप्ठ्यारो महसुस गरेपनि युवाहरुको एउटा समूहले भन्छन्–बुरा न मानो होली है ।

Tags: होलि ## समाज## तराई मधेस
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh