लहानमा एक युवक मृत अबस्थामा फेला


  • गौरभ साह / सिरहा ब्यूरो प्रमुख

सिरहाको लहान नगरपालिका वडा नम्बर – ८ मा एक युवक मृत अबस्थामा फेला परेको छ । लहान हुलाक कार्यालय देखि करिब ३ सय मिटर पुर्व एक घरमा लास बरामद भएको हो । पर्सा घर भई हाल लाहानमा प्राविधिक शिक्षालयमा ओ.ए पढ्दै गरेको अन्दाजी वर्ष २२ को अविरल प्रसाद झुन्डिएको अवस्थामा फेला परेको छ ।

मृतक अविरल प्रसाद कोठा भाडा लिई एक्लै बस्दै गरेको उनको घरमालिक ले जनाए । दिन भरी कोठाबाट ननिस्केको भन्दै शुक्रबार दिउँसो करिब ४:३० बजे ढोका ढकढकाउदा नखोले पछि स्थानीयले ढोका फोडेका थिए । ढोका फोडेपछि उनी झुन्डिएको अवस्थामा पाईएको प्रत्यक्षदर्शी ले बताए । लासको प्रकृति हेर्दा शंकास्पद रहेको स्थानीय बताउछन् ।

घटनाको खबर पश्चात् लगतै ईलाका प्रहरी कार्यालय लहानका एक टोलि घटनास्थलमा पुगेका छन । आवस्यक अनुसन्धान पछि मात्र वास्तविकता खुल्ने लाहान प्रहरीले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

ताजा समाचार