चितवन । चितवनको नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेले दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।
गैरेले छात्राहरुलाई पटक-पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार विद्यालय परिसरमा नै कालोमोसो दलेका थिए ।विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि गैरेको कर्तुत बाहिर ल्याउनको लागि कालोमोसो दल्न बाध्य भएको बताइरहेका छन् ।


















