काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले बोलाएको राष्ट्रिय भेलामा आफ्ना नेता/कार्यकर्ताहरूलाई सहभागी नहुन निर्देशन दिनुभएकाे छ । ओली पक्षका नेतासमेत रहेका महासचिव पोखरेलले मंगलबार विज्ञप्ति जारी गरी राष्ट्रिय भेला बोलाइएकोप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको भन्दै नेता/कार्यकर्ताहरूलाई भेलामा सहभागी नहुन निर्देशन दिनुभएकाे हाे ।


















