काठमाडौं । यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् ।सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको हो । कार्की २८ नम्बर बाहिनी सिराहामा कार्यरत थिए ।सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी निष्काशन गरेको प्रवक्ता पौडेलले बताए ।त्यस्तै सैनिक आचरण विपरीत काम गरेको ठहर भएपछि एक सैनिक अधिकृत महिलालाई पनि निष्काशन गरेको उनले जानकारी दिए ।

















