-
कञ्चनपुरमा , फागुन २१ गते शुक्रबार ।।
-
जनप्रभाव न्यूज
कञ्चनपुरमा प्रहरी र तस्करबीच बेलौरी नगरपालिका वडा नम्बर ७ मा भिडन्त हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार प्रहरीले मुठभेडका क्रममा ठूलो मात्रामा ब्राउनसुगर पनि बरामद गरेको छ । यस्तै, प्रहरीले नक्कली नोट छाप्न प्रयोग हुने मेसिन पनि बरामद गरेको छ।
गस्तीमा गएका प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए । प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
मुठभेडका क्रममा प्रहरी जवान वीरबहादुर साउद घाइते भएका छन्। उनको दाैडने क्रममा खुट्टामा चाेट लागेको छ। अन्य तीन जना भने साथीलाई गाेली लागेपछि भागेको प्रहरीले जनाएको छ।
ब्राउनसुगरका कारोबारी नेपालतर्फ आइरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो। अहिले त्यहाँ प्रहरीले सर्च अपरेसन चलाइरहेको छ।

















