- काठमाडौं , फागुन २० गते बिहिवार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी , नेकपा (ओली समुह ) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले ललितपुरको जावलाखेलमा रहेको चिडियाखानाको अवलोकन गरेका छन् । बुधबार जावलाखेल पुगेर ओलीले चिडियाखानाको अवलोकन गरेका हुन् ।प्रधानमन्त्री ओलीले रोचकताका साथ वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गरेका हुन् । वन्तजन्तुको अवलोकन गर्दै भालु भएका ठाउँमा पुगेर ओलीले, ‘ओ भालु, एता हेर…ओ भालु उता हेर..’ भन्दा उनीसँगै गएका सबै हाँसेका थिए ।
वन्यजन्तुलाई रोचक ढंगले बोलाएका प्रधानमन्त्री ओलीले चिपान्जी भएको ठाउँमा पुगेर, ‘ओ काले, ओ काले…’ भन्दै बोलाए । चिडियाखाना प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई हात्तीले स्वागत गरेको थियो । आफूलाई स्वागत गर्ने हात्तीलाई उनले फलफूल खुवाए ।ओलीले केरा र स्याउ खुवाएर हात्तीलाई खुसी बनाएका हुन् ।
