- सिरहा,माघ २९ गते बिहीबार ।।
- जनप्रभाव न्यूज
जिल्ला प्रशासन कार्यालय सिरहाले आसन्न सरस्वती पूजाको आयोजनको नाउँमा विद्यार्थी र अभिभावकसँग शुल्क वा चन्दा नउठान आदेश गरेको छ । जिप्रका सिरहाले बुधबार सूचना जारी गर्दै सरस्वती पूजाको नाउँमा संकलन गरिएको चन्दा वा शुल्क फिर्ता गर्न र त्यस्तो काम नगर्न सम्बन्धित सवैलाई ध्यानाकर्षण पनि गराएको छ ।
सिरहाको १७ वटै स्थानाीय तह, शिक्षा विकास तथा समन्वय ईकाइ र सिरहाका सवै सामुदायिक एवं संस्थागत विद्यालयहरुलाई सरस्वती पूजाको नाउँमा शुल्क वा चन्दा नउठान आदेश गरेको हो ।
जिल्ला प्रशासनले जारी गरेको सूचना अगावै कुनैपनि विद्यालय र संस्थाले सरस्वती पूजाको नाउँमा विद्यार्थी र अभिभावकसँग शुल्क वा चन्दा लिएको भए तत्काल फिर्ता गर्न आदेश गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदीपराज कणेंलले बताए ।
आसन्न सरस्वती पूजा–भक्ति भावका साथ विधिपूर्वक सम्पन्न गर्न ठूलो धनराशी नलाग्ने निश्षर्क सहित यस्तो आदेश जारी गरिएको भन्दै प्रजिअ कणेंलले कुनै पनि संस्थागत वा सामुदायिक विद्यालयले वर्खिलाप गरे आवश्यक कानूनी कारबाही गरिने बताए ।
यस्तै जिल्ला प्रशासन कार्यालयले सरस्वती पूजाको नाउँमा डिजेको प्रयोग गर्न नपाईने, अश्लिल तथा छाडा गित बजाउन नपाईने र मूर्ति विर्सजन गर्ने नाउँमा बालबालिकाको प्रयोग गर्न नपाई लगायतका आदेश सूचनामार्फत जारी गरेको छ । सिडियो कणेलले हस्ताक्षर गरेको उक्त आदेशको बोद्धार्थ गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, आन्तरीक मामिला तथा कानून मन्त्रालय प्रदेश २, जिल्ला समन्वय समितिको कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहालाई दिएको छ ।


















